१० साउन २०८३, आइतबार

बाँस्कोटा भन्छन्- विज्ञप्तिका भरमा पार्टी चल्दैन

साउन ३१, २०७७
बाँस्कोटा भन्छन्- विज्ञप्तिका भरमा पार्टी चल्दैन
फाइल फोटो।

नेकपा केन्द्रीय सदस्य गोकुलप्रसाद बाँस्कोटाले विज्ञप्तिका भरमा पार्टी नचल्ने बताएका छन्।

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–११ बल्थलीमा अगुवा कार्यकर्ता भेलालाई शनिबार सम्बोधन गर्दै उनले पार्टीका नेता÷कार्यकर्ताको भावनासहित उनीहरुको क्रियाशीलताले पार्टी चल्ने बताएका हुन्। ‘पार्टी विज्ञप्ति जारी गरेर होइन, जनताको बीचमा गएर पार्टीका गतिविधि देखाउनुपर्छ, अनि मात्रै पार्टीले गतिशीलता पाउँछ,’ उनले भने।

नेता बाँस्कोटाले आफ्नै पार्टीभित्र निषेधको राजनीति नगरी खुल्लमखुला राजनीति गर्न चेतावनीसमेत दिए।
 
बाँस्कोटाले ठूलो पार्टीमा कहिलेकाहीँ समस्या देखिने स्वीकार्दै वर्तमान समस्या केही दिनमै हल हुनेमा आफू विश्वस्त रहेको बताए। उनले भने, ‘नेकपा पार्टीलाई कसैले दुर्घटनातर्फ लैजान सक्दैन, दुर्घटनामा जान कार्यकर्ताले कुनै पनि हालतमा अनुमति दिँदैनन्।’   

salt training

कमेन्ट गर्नुहोस्