१६ असार २०८३, मंगलबार

सैनिक अदालतद्वारा सहायक रथीसहित तीन सैनिक अधिकृत बर्खास्त, भ्रष्टाचारको अभियोग

सैनिक अदालतद्वारा सहायक रथीसहित तीन सैनिक अधिकृत बर्खास्त, भ्रष्टाचारको अभियोग

नेपाली सेनाको सैनिक अदालतले सहायक रथीसहित तीन जनालाई भ्रष्टाचार गरेको ठहर गरेको छ।

सेनाको  समरी जनरल सैनिक अदालतले सेनाका सहायक रथी प्रयोग जबरा, महासेनानी नविन सिल्वाल र प्रमुख सुवेदार मिठुराम विश्वकर्मालाई दोषी ठहर गर्दै बर्खास्तको फैसला गरेको जंगीअड्डाले जनाएकाे छ।

उनीहरू पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा कार्यरत रहँदा ‘सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसुर समेत गरेको’ सैनिक अदालतको अभियोग छ।

यसैगरी, सैनिक अदालतले सहसेनानी लक्ष्मीकान्त खनाल, सुवेदार भोजबहादुर विष्ट र जमदार विनोद बस्नेतलाई एक तह दर्जा घटुवा गरिदिएको छ।

प्राविधिक सहसेनानी फिरोज महर्जन र जमदार भद्रबहादुर शाहीलाई नसिहत र महासेनानी राजेन्द्र मणी गिरी र लेखा सुवेदार कर्मचारी नवराज पाण्डे (अवकाश प्राप्त) ले सफाइ पाएका छन्।

salt training

कमेन्ट गर्नुहोस्