०८ साउन २०८३, शुक्रबार

नेपाल चार्टड एकाउन्टेन्ट संघ र माछापुच्छ्रे बैंकबीच बिना धितोमा प्रोफेश्नल कर्जाका लागि सम्झौता

नेपाल चार्टड एकाउन्टेन्ट संघ र माछापुच्छ्रे बैंकबीच बिना धितोमा प्रोफेश्नल कर्जाका लागि सम्झौता

नेपाल चार्टड एकाउन्टेन्ट संघ (एक्यान) र माछापुच्छ्रे बैंक बीच एक्यानमा आवद्ध सदस्यहरुलाई बिशेष बैंकिङ्ग सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

द्विपक्षीय समझदारी पत्र अनुसार एक्यानका सदस्यहहरुलाई सरल तरिकाबाट बैंकको १५९ शाखाबाट बिना धितोमा रु १५ लाख सम्मको प्रोफेश्नल कर्जा (ब्याज दर ९.७५५) प्रदान गरिनेछ । 

सम्झौतापत्रमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघको तर्फबाट अध्यक्ष आनन्द राज शर्मा वाग्ले र  माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरे।

अहिलेको महामारीबाट उत्पन्न हुने शिथिलताबाट वित्तीय क्षेत्रको उत्थानशीलता कायम गर्न र व्यवसायलाई पूर्ववत् अवस्थामा फर्काउन लेखा व्यवसायीको योगदान महत्वपूर्ण हुने वास्तविकतालाई मनन गर्दै चार्टर्ड एकाउन्टेन्टको सहजता लागि विभिन्न बैंक तथा वित्तिय संस्था संग समेत समझदारीको लागि छलफल भैरहेको संघका उपाध्यक्ष सिए रमेश धितालले जानकारी गराए ।

लेखा परीक्षण पेशा हाल अधिकतम प्रविधिको प्रयोग गरेर काम गर्नुपर्ने अवस्था रहेको र स्रोतको व्यवस्थापन असाध्यै जटिल रहेको  सन्दर्भ मा यस्ता समझदारी ले सदस्यको मनोबल समेत बढाउने संघका अध्यक्ष श्री आनन्द राज शर्मा वाग्ले ले बताए । साथै संघले गरेको सर्वेको प्रतिवेदन अनुसार सदस्यहरुको हितका लागि संघले कार्यहरु गरिरहेको समेत वाग्लेले बताए ।

सम्झौता पछि संघका लगभग २४०० सदस्यहरु लाई बैंकले बिशेष प्राथमिकतामा राखेर बैंकिङ्ग सेवा प्रदान गर्नेछ । सम्झौता पछि माछापुच्छ्रे बैंक नेपाल चार्टर्ड एकाउन्टेन्ट्स सघंका सदस्यहरुलाई निक्षेप खाता, कर्जा तथा अन्य बैंकिङ्ग सुबिधामा बिशेष सहुलियत प्रदान गर्नेछ । 

salt training

कमेन्ट गर्नुहोस्