०१ असार २०८३, सोमबार

यमनका सञ्चारमन्त्रीले बारम्बार कतारविरूद्ध दिएको अभिव्यक्तिप्रति कतार आश्चर्यचकित

यमनका सञ्चारमन्त्रीले बारम्बार कतारविरूद्ध दिएको अभिव्यक्तिप्रति कतार आश्चर्यचकित

दोहा । यमनी सञ्चारमन्त्री मुआम्मर अल इर्यानीले कतारविरुद्ध पटक–पटक दिएको अभिव्यक्तिप्रति कतारले अचम्म व्यक्त गरेको छ ।

कतारी परराष्ट्र मन्त्रालयले आइतवार एउटा वक्तव्य जारी गर्दै यमनसँगको भातृ सम्बन्धमा नै असर पर्नेगरी सञ्चारमन्त्री इर्यानीले कतारविरुद्ध पटक–पटक अभिव्यक्ति दिनुले आश्चर्यमा पारेको बताएको हो ।

वक्तव्यमार्फत कतारले भातृ राज्य यमनका जनताप्रति कतारी जनताको आत्मीयतालाई नकार्दै कतारविरूद्ध अभिव्यक्ति दिनु गलत भएको उल्लेख गरेको छ ।

अगष्ट १६ का दिन इर्यानीले साउदी अरेबियाबाट प्रकाशित हुने सञ्चारमाध्यममार्फत् कतारले इरानको सहायतामा आंतक मच्चाइरहेको हुथी विद्रोही संगठनसँग निरन्तर सम्पर्कमा रहेको र आंतककारी गतिविधिमा सघाइरहेको आरोप लगाएका थिए ।

साथै यमनी सञ्चारमन्त्री इर्यानिले कतारले संयुक्त राष्ट्रसंघको सामान्य शर्तसमेत पालना नगरेको आरोप लगाएका थिए ।

यसअघि सन् २०१७ जुन ५ देखि साउदी अरेबिया, युनाइटेड अरब इमिरेट्स, इजिप्ट र बहराइनले कतारले इरानको सहायतामा आतंक मच्चाइरहेको हुथी विद्रोही संगठनलाई सघाएको भन्दै कतारविरूद्ध नाकाबन्दीको घोषणा गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्