२८ असार २०८३, आइतबार

काभ्रेमा कांग्रेस-माओवादी तालमेल प्रयास, निर्वाचनको अघिल्लो दिनसम्म पनि टुङ्ग्याउन सकिने !

कात्तिक २०, २०७४
काभ्रेमा कांग्रेस-माओवादी तालमेल प्रयास, निर्वाचनको अघिल्लो दिनसम्म पनि टुङ्ग्याउन सकिने !

बनेपा, २१ वैशाख- स्थानीय तह निर्वाचनका लागि काभ्रेपलाञ्चोकमा पनि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले तालमेलका लागि छलफल सुरु गरेका छन् ।

दुवै पार्टीका जिल्ला नेताले छलफल जारी रहेको र निष्कर्षमा पुग्न नसकिएको उल्लेख गर्दै खासगरी नगरपालिका र गाउँपालिकाको नेतृत्वको विषयमा कुरा नमिलेको बताएका छन् । “वडा तहमा वडा कमिटीलाई नै जिम्मेवारी दिएका छाैं तर नेतृत्वका लागि विभिन्न चरणमा छलफल भइरहेको छ”, नेपाली काँग्रेस काभ्रेपलाञ्चोकका सभापति मधुप्रसाद आचार्यले भन्नुभयो ।

उहाँले अन्तिम नामावली प्रकाशनसम्ममा सहमतिमा जानसके अझै सुखद् हुने उल्लेख गर्दै निर्वाचनको अघिल्लो दिनसम्म पनि टुङ्ग्याउन सकिने बताउनुभयो । सभापति आचार्यले नेकपा एमाले बाहेक काभ्रेपलाञ्चोकमा निर्वाचन आयोगमा दर्ता भएका सबै राजनीतिक दलसँग चुनावी तालमेलको प्रयास भएको जानकारी दिनुभयो ।

नेकपा माओवादी केन्द्र काभ्रेपलाञ्चोकका अध्यक्ष दीनानाथ गौतमले निर्वाचनका लागि तालमेलको प्रयास भएपनि सार्थक हुन नसकेको बताउनुभयो । “कतिपय ठाउँमा माओवादीले छाड्ने र कतिपय ठाउँमा काँग्रेसले छाड्ने विषयमा गम्भीर छलफल चलिरहेको छ”, उहाँले भन्नुभयो ।

गौतम जिल्लाको चाैंरी देउराली गाउँपालिकाको अध्यक्षको उम्मेदवारसमेत हुनुहुन्छ । काभ्रेपलाञ्चोकको ६ नगरपालिका र सात गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले आ–आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्