
तपाईँले सूर्यलाई रातो रंगमा परिवर्तन भइरहेको कयौं पटक देख्नु भएको होला।
सूर्य प्रायः उदाउँदा र अस्ताउँदा रातो देखिन्छ। र, आकाश गहिरो रातो अनि बैजनी देखिन्छ। तर दिउसो चाहिँ सूर्य रातो देखिदैन, न त आकाश नै रातो देखिन्छ ।
यसका पछाडि वैज्ञानिक कारण छ। यसको जवाफ रेली क्याटरिङ (प्रकाशको प्रकीर्णन) मा लुकेको छ।
१९औं शताब्दीमा बेलायतका भौतिक वैज्ञानिक लर्ड रेलीले प्रकाशको प्रकीर्णनको घटनाको पहिलो व्याख्या गरेका थिए।
प्रकाशको प्रकीर्णन त्यो प्रक्रिया हुन्छ, जसबाट जब सूर्यको प्रकाश सूर्यदेखि बाहिर आएर वायुमण्डलमा प्रवेश गर्छ। तब धुलो र माटोको कणसँग ठोक्किन पुग्छ। र, चारैतिर फैलन्छ।
यो सुन्दर दृष्यंलाई खुला आँखाले हेर्नु हुँदैन। बरु दुरविनको प्रयोग गर्न सकिन्छ।
सिधै हेर्दा आँखालाई हानी पुग्नसक्ने जोखिम हुन्छ।
रोयल म्युजियम ग्रिनिचका खगोल वैज्ञानिक एडवर्डी ब्लूमर सूर्यको प्रकाशको प्रकाशीय गुण पृथ्वीको वातावरण भएर पुग्छ।