२१ असार २०८३, आइतबार

पाल्पामा निर्वाचनको मिति सारेपछि मतदाता निराशा

कात्तिक २०, २०७४
पाल्पामा निर्वाचनको मिति सारेपछि मतदाता निराशा

रामपुर, २१ वैशाख-नजिकिँदै गरेको स्थानीय तहको चुनावी माहोल तातिरहेका बेला सरकारले निर्वाचनको मिति सारेपछि पाल्पाका उम्मेदवार तथा मतदातामा भने निराशा छाएको छ ।

चुनावी प्रचारात्मक अभियानलाई तीव्रता दिँदै गाउँ–गाउँ पसेका उम्मेदवार तथा दलका नेता तथा कार्यकर्ता निर्वाचनको मिति सरेपछि चुनावी प्रचारात्मक कार्यमा कमै मात्रामा सक्रिय बनेका छन् । सरकारले प्रदेश नं ५ मा वैशाख ३१ गते हुने भनिएको स्थानीय तहको निर्वाचन जेठ ३१ गते सारेपछि यहाँका उम्मेदवार तथा मतदाता निराश भएका हुन् ।

झन्डै दुई दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने भन्दै उत्साहित बन्दै चुनावी मैदानमा उत्रिएका उम्मेदवार र मतदातामा चुनावको मिति सरेपछि चुनावी अभियानमा निष्क्रिय बन्दै गएका छन् ।

प्रदेश नं १, २, ५ र ७ मा जेठ ३१ गते तथा ३, ४ र ६ मा सरकारले वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ । प्रदेश नं ५ मा रहेका पाल्पाका मतदाताले समयमा नै निर्वाचन गरी योग्य उम्मेदवारलाई मतदान गर्ने सोचमा थिए तर निर्वाचनको मिति सरेलगत्तै जेठ ३१ मा चुनाव हुने/नहुनेमा पनि शङ्का गर्न थालेको रामपुरका विश्वबन्धु पौडेल बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “चुनावी प्रचारात्मक माहोल तातिरहेको बेला एक्कासि चुनावको मिति सरकारले सा-यो, प्रचार प्रसारमा जुटेका उम्मेदवार र मतदाता अहिले निराश हुँदै आफ्नो व्यापार– व्यवसाय र कामकाजमा फर्किन थालेका छन्”, उहाँले भन्नुभयो ।

मतदाता मात्र नभई जिल्लामा क्रियाशील दल, नेता, कार्यकर्ता र उम्मेदवार पनि निराशामा छन् । वैशाख ३१ गतेको निर्वाचनका लागि चुनावी प्रचारात्मकदेखि सबै तयारी अन्तिम चरणमा पुगेको अवस्थामा चुनाव सरेपछि प्रचारात्मक कार्यमा सुस्तता आएको नेपाली काँग्रेस रामपुर नगर कार्यसमितिका सभापति नेत्रप्रसाद भट्टराईले बताउनुभयो । जिल्लामा रहेका दुई नगरपालिका र आठ गाउँपालिकामा नै चुनावी प्रचारात्मक अभियानमा सुस्तता आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्