×

NMB BANK
NIC ASIA

कांग्रेसमा महाधिवेशनको पूर्वाभ्यास

सभापतिमा उठ्न सुझाव आएको छ, साथीहरूसँग सल्लाह गरेर निर्णय लिन्छु: शशांक कोइराला [अन्तर्वार्ता]

'आमनिर्वाचनअघि हिन्दूराष्ट्रका बारेमा जनमत संग्रह गर्नुपर्छ भन्ने मेरो भनाइ हो'

भदौ २, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस यतिबेला महाधिवेशनको बहसमा होमिएको छ । 

Sagarmatha Cement
Muktinath Bank

नेताहरूले धमाधम नेतृत्वमा दाबी गरेका समाचारहरू आइरहेका छन् । केही दिनअघि उपसभापति विमलेन्द्र निधिले सभापति शेरबहादुर देउवालाई नै आफूलाई सहयोग गर्न आग्रह गरेको समाचार बाहिर आएको थियो, यसले आफ्नो समूहबाट निर्बाधरूपमा सभापति हुने देउवाको चाहनामा व्यवधान खडा हुन सक्ने देखिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

देउवाइतर समूहले भने आफ्नो उम्मेदवार घोषणा गरिसकेको छैन । देउवाइतर समूहमा सभापतिका आकांक्षीहरू प्रशस्तै छन् । कृष्ण सिटौलाले धेरै पहिलादेखि तयारी गरिरहेका छन् । कोइराला परिवारबाट पनि सभापतिमा उम्मेदवारी आउने लगभग निश्चित रहेको बताइन्छ ।


Advertisment
Nabil box
Kumari

यीनै सन्दर्भलाई समेटेर लोकान्तरकर्मी ईश्वर अर्यालले कांग्रेस महामन्त्री शशांक कोइरालासँग कुराकानी गरेका छन् । प्रस्तुत छ कुराकानीको सम्पादित अंश : 

Vianet communication
Laxmi Bank

कांग्रेसको महाधिवेशनको चर्चा शुरू भइसक्यो । सभापतिमा तपाईंको दाबी रहेको कुरा आइरहन्छ, दाबी सत्य हो ?

कांग्रेसको नेतृत्व परिवर्तन हुनुपर्छ र त्यो यही महाधिवेशनले गर्छ । नेतृत्व परिवर्तन गर्नका लागि हामी ५/६ जना एकै ठाउँमा छौं । हामीले छलफल गरेर एक जनालाई मात्र सभापति उठाउनु पर्छ । त्यो म, या अरू कोही पनि हुन सक्छ । 

कांग्रेसमा सभापति दाबी गर्ने लगभग सबै नेताहरू उमेरका हिसाबले तपाईंभन्दा जेठा छन् । नेतृत्वमा युवा पुस्ता आउनुपर्ने मागलाई ‘एज फ्याक्टर’ले कत्तिको प्रभाव पार्ला ? 

सभापति हुने कुरा उमेरसँग सम्बन्धित हुँदैन । जसले सक्छ ऊ नै उठ्ने हो र सभापति बन्ने हो । उमेरभन्दा ठूलो कुरा भिजन हो । मेरो उमेर समूह या उमेरका हिसाबले सिनियर या जुनियर जो पनि सभापति हुन सक्छ ।

तपाईंहरूको समूहबाट सभापतिमा कसले उम्मेदवारी दिने भन्ने सहमति त बनेको होला नि ?

अहिलेसम्म सहमति भएको छैन, तर बन्छ भन्ने कुरामा म ढुक्क छु । 

कांग्रेसमा कोइराला परिवारको लिगेसी पनि बारम्बार चर्चामा आउँछ वा ल्याइन्छ । अबको सभापति कोइराला परिवारबाटै हुने सम्भावना कति छ ?

यो पार्टी हाम्रो बपौती होइन । नेपाली कांग्रेस बीपी कोइरालाले बनाउनुभएको पार्टी हो, तर हाम्रो बपौती होइन । हामीले पनि योगदान गर्नुपर्‍यो, हामीले पनि हामी सक्षम छौं भनेर देखाउनु पर्‍यो । त्यसपछि पार्टीका नेता कार्यकर्ताले विश्वास गर्ने/नगर्ने त्यो त उहाँहरूको हातमा छ । 

सभापति देउवाले भटाभट विभागहरू गठन गर्ने नियुक्तिहरू गर्ने काम गरिरहेका छन्, यसको विरोध पनि भएको छ । पार्टीको महामन्त्रीका रूपमा तपाईंको धारणा के हो ?

हाम्रो विधानमा सभापति निर्वाचित भएको ३ देखि ६ महिनाभित्र विभाग गठन गर्नुपर्छ भनेर स्पष्ट उल्लेख छ । अहिले विभाग गठन विधानको विपरीत छ । हाम्रो चुनावको मिति तय भइसकेको अवस्थामा अहिले विभागहरू बनाएर हुन्छ ? यो खासमा विभाग बनाएको होइन, मान्छे आफूतिर तानेको हो । चुनाव जित्ने ढंगले विभागहरू बनाएको हो । 

अर्को कुरा अहिले विभाग बनाएर यो ७ महिनामा के परिवर्तन हुन्छ ? के काम गर्न सकिएला र ?

गठन भइसकेका विभागहरू विघटन नै गर्नुपर्ने तपाईंको माग हो ? 

हामीले त यसलाई विघटन गर्दिनुस्, विधानविपरीतका कामहरू नगर्नुस् भनेर भनिरहेका छौं । महाधिवेशनको मिति तय भइसकेको अवस्थामा यसो गर्नु हुँदैनथ्यो । यी विभागहरूले केही काम गर्दैनन् । 

महामन्त्रीले भूमिका नखेलेका कारणले पार्टी कमजोर भयो भन्ने कोणबाट पनि कुराहरू आइरहेका छन् नि ! 

म महामन्त्री भइसकेपछि शेरबहादुरजीले जति पनि क्रियाकलाप गर्नुभयो, हाम्रो यति ठूलो पराजय भयो । त्यो बेलामा पनि म उहाँसँगै उभिएँ र भनें यो उहाँको मात्र जिम्मेवारी होइन, हाम्रो पनि जिम्मेवारी हो । त्यसैले मैले शेरबहादुरजीलाई डिफेन्ड गर्दै गएँ । अब त महाधिवेशन आउँदै छ, डिफेन्ड गर्नुपर्दैन । 

मैले अहिले पनि उहाँको त्यस्तो विरोध त गर्दिनँ । उहाँले चलाउन सक्नुभएन भनेर भन्न त सक्छु नि !

प्रमुख प्रतिपक्षी दलले स्वेच्छाचारी सरकारलाई ट्र्याकमा ल्याउन सकेन, कमजोर भयो भन्ने खालका कुराहरू उठेका छन् । पार्टीको महामन्त्रीका रूपमा तपाईंको पनि जिम्मेवारी होला नि !

हामीले रेलिङ भाँच्न सक्दैनौं । टायर बाल्न सक्दैनौं । सदनमा बोल्ने हो, कुरा उठाएका पनि छौं । तर हाम्रो स्वर कमजोर भएको छ । धेरै कुराहरू उठाएका छौं । यस्तो कुरा झन् जोडतोडले उठ्नुपर्छ भन्ने मेरो कुरा हो । 

अबको नयाँ नेतृत्वले कांग्रेसलाई सुदृढीकरण कसरी गर्नुपर्ला ? 

सबैभन्दा पहिला अधिवेशनपछि पार्टी एक बनाएर अघि लैजाने, गुट-उपगुटको समाप्ति हुनुपर्‍यो ।

गाउँदेखि केन्द्रसम्ममा एउटा तरंग हामीले उत्पन्न गर्नुपर्‍यो । पार्टीलाई गतिशील बनाउनुपर्‍यो । तत्काल विभागहरू गठन गरेर काम शुरू गर्नुपर्‍यो । पार्टीलाई चलायमान बनाएर आउँदो निर्वाचनमा नेपाली कांग्रेसले नयाँ विचारले चुनाव लड्नुपर्छ । 

मलाई के लाग्छ भने अबको घोषणापत्रमा कृषिमा आधारित कार्यक्रमहरू ल्याउनुपर्छ । युवाहरूलाई कृषिमा आकर्षित गर्नुपर्छ । भूमि बैंकको अवधारणा आइरहेको छ, सफ्ट लोनहरू दिनुपर्‍यो । 

१७ लाख हेक्टर खेतियोग्य जमिन छ देशमा । हामीले ९ करोड जनतालाई खाना खुवाउन सक्छौं । तर अहिले त हामीले सबै कुरा आयात गर्दैछौं । कृषिमा हाम्रो जोड हुनुपर्‍यो । 

कोभिड १९ ले झन् नराम्रो परिस्थिति सिर्जना गरिरहेको छ । यसले ध्वस्त बनाएको अर्थतन्त्र उकास्ने विषयमा पनि सही दिशातर्फ काम गर्नुपर्‍यो । 

कांग्रेसभित्र गुट–उपगुट समाप्त गर्ने कुरा सम्भव छ र ?

नेतृत्वमा पुगिसकेको मान्छेले चाह्यो भने गुट र उपगुट समाप्त हुन सक्छ । आफैंले गुट बनाउँदै हिँडेर त भएन । शेरबहादुरले पनि गुट बनाउनतिर लाग्नुभएको छ । रामचन्द्रले पनि आफ्नै गुट बनाएर हिँड्नुभएको छ । यो ग्रुपिज्मले हुँदैन । सभापति भइसकेपछि उ त सबैको सभापति हो नि । गुट किन बनाउनु ? 

हिन्दू राष्ट्रको मुद्दालाई तपाईंले अन्तिम अस्त्रका रूपमा प्रयोग गर्दै हुनुहुन्छ भन्ने चर्चा छ नि राजनीतिक वृत्तमा !

मेरो दृष्टिकोणमा न धर्म निरपेक्ष हुन्छ न सापेक्ष हुन्छ । धर्म स्वतन्त्र हुन्छ । राजनीतिलाई धार्मिक दृष्टिकोणबाट हेर्नुहुँदैन । 

आफूलाई जेमा आस्था छ, त्यसैलाई अभ्यास गर्ने हो । हाम्रो महाधिवेशनपछि जुन आम चुनाव आउँछ त्यतिबेला जनमत संग्रह गराएर धर्म निरपेक्ष या हिन्दू राष्ट्र के बनाउने भन्ने हिसाबले जानुपर्छ भन्ने मेरो भनाइ हो । 

हिन्दूहरूको संख्या अत्याधिक भएको नेपालमा जनमतसंग्रहको नारा अलि बढी पपुलर हुन्छ भन्ने तपाईंको बुझाइ हो ?

नारा त पपुलर छ, तर मैले ठ्याक्कै हिन्दूराष्ट्रको कुरा गरेको छैन । धर्म निरपेक्ष या सापेक्ष हुँदैन तर धार्मिक स्वतन्त्रता हुनुपर्छ भन्ने मेरो कुरा हो । 

हाम्रो संविधानमा सनातन धर्मको संरक्षण गर्ने भनेर लेखिएको छ तर धर्मनिरपेक्षता पनि लेखिएको छ । एकातिर धर्मलाई स्वतन्त्र पनि बनाएको छ अर्कोतिर निरपेक्ष पनि बनाएको छ । यसले दुईथरी बुझाइ सिर्जना गरेको छ । 

देउवा समूहबाट विमलेन्द्र निधिले पनि सभापतिको उम्मेदवार बन्ने तयारी गरेका छन्, तपाईंहरूसँग सहयोग मागेका छैनन् उनले ?

विमलेन्द्र निधिले सबैभन्दा पहिला मलाई नै आएर भन्नुभएको थियो सभापति लड्छु भनेर । मैले शुभकामना पनि दिएँ । 

जनताले निकै चासो दिएर हेरेको विषय भनेको तपाईंहरूको समूहबाट सभापतिको दाबेदार को हो भन्ने हो । कुनै न कुनै सहमति या क्लु त होला नि तपाईंसँग ? 

जतिपनि मैले सुनिरहेको छु, जिल्ला जिल्लाबाट खबर आइरहेका छन् मलाई तपाईं उठ्नुस् कांग्रेसलाई तपाईंको खाँचो छ भनिरहेको अवस्था छ । तपाईंबाहेक अरूले जित्दैन । तपाईंले खुट्टा दह्रो बनाउनुस् भनेर सुझाव र सल्लाह आइरहेका छन् । 

मैले मात्र भनेर त भएन नि ! साथीहरूले पनि सहयोग गर्नुपर्‍यो । सर्वमान्य सभापति हुनुपर्‍यो । यस विषयमा अझ सल्लाह गरेर सहमति गर्नुपर्छ र गर्छौं ।

बीपी कोइराला ४५ वर्षको उमेरमा प्रधानमन्त्री बन्नुभएको थियो, तर अहिले ८० पुग्न लाग्दा पनि नेताहरू नेतृत्व हस्तान्तरण गर्न तयार छैनन् । नेतृत्व दाबी गर्न वृद्ध नै हुनुपर्ने मानक बनिरहेको छ जस्तो लाग्दैन ?

नेपालको डेमोग्राफिक प्रोफाइल हेर्ने हो भने ६० प्रतिशत भन्दा बढी जनसंख्या ४० वर्ष भन्दामुनिका छन् । हामीले युवाहरूलाई काम दिने कि नदिने, केन्द्रीय समितिमा ल्याउने कि नल्याउने ? युवाहरूलाई ल्याउनुपर्छ । 

आउँदो अधिवेशनबाट युवाहरू प्रशस्त केन्द्रीय कमिटीमा आउँछन् भन्ने मेरो विश्वास हो । 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज ३, २०८०

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टी (नेसपा)का एकजना अध्यक्ष महिन्द्र राय यादवलाई पार्टी एकताका लागि पत्र पठाएपछि नेसपामा खैलाबैला उत्पन्न भएको छ ।&nb...

चैत २५, २०७९

वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन नजिकिँदै गर्दा चितवनमा राजनीतिक गतिविधि बढेको छ । मंसिर ४ को चुनावमा रास्वपा विजयी भएको चितवन २ मा उपनिर्वाचनका माध्यमबाट आफ्नो राजनीतिक विरासत फर्काउन न...

पुस २२, २०७९

नेकपा एमालेको समर्थनमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि देशको राजनीतिले नयाँ कोर्स लिएको छ । तर, नयाँ प्रधानमन्त्रीले विश्वासको मत नलिँदै सरकार गिराउने खे...

जेठ २२, २०८०

प्राध्यापक डा. जयराज आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण फलदायी नभएको टिप्पणी गरेका छन् । देशको प्राथमिकतालाई पहिचान गर्न नसक्दा प्रधानमन्त्री चुकेको उनको टिप्पणी छ । ‘हा...

असार १, २०८०

बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् । धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै सा...

जेठ १९, २०८०

​​संघीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय–व्यय (बजेट) प्रस्तुत भइसकेको छ । ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x