३१ असार २०८३, बुधबार

गृहमन्त्री निधि सरकारमा फिर्ता भएको खुसीयालीमा मोटरसाईकल र्‍याली

कात्तिक २०, २०७४
गृहमन्त्री निधि सरकारमा फिर्ता भएको खुसीयालीमा मोटरसाईकल र्‍याली
जनकपुर २१ वैशाख- उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले स्थानीय तहको निर्वाचनमालाई ध्यानमा राखेर आफूले राजीनामा फिर्ता लिएको बताएका छन् । गत आइतबार उपप्रधानमन्त्री निधिले पदबाट राजीनामा दिएका थिए । 


विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै  मन्त्री निधिले गत बर्ष जारी भएको संविधान कार्यान्वयनकालागि पनि निर्वाचन आवश्यक रहेको र त्यसकालागि आफूलाई कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहालको आग्रहमा मन्त्रालय सम्हाल्न राजी भएको बताए । 

आफूले राजीनामा दिएपछि मधेशवादी दलका नेताहरुले ऐकेबद्धता जनाएको जानकारी दिँदै अहिले मुलुकको राजनीतिक स्थायीत्वकालागि आफू सँधै लागि पर्ने प्रतिबद्धता जनाए । संसदमा पेश भएको संविधान संशोधन पारति भएपछि राजनीतिक स्थीरता कायम हुने पनि मन्त्री निधिको विश्वास छ ।

मन्त्री निधि जानकी नवमी पर्वको अवसरमा जनकपुरमा आयोजित कार्यक्रममा सहभागि हुन जनकपुर पुगेका हुन्। उनलाई स्वागत गर्न सयाैंको संख्यामा मोटरसाईकल -याली सहित विराटनगर विमानस्थल पुगेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्