
काठमाडौं २१ वैशाख-प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव बिहीवार संसदको कार्यसूचीमा राख्ने नराख्ने बिषयमा सहमति जुटन नसकेपछि संसदको बैठक सूचना मार्फत शुक्रवारसम्मका लागि स्थगित भएको छ ।
कार्यसूचीमा महाअभियोग समावेश गरिए संसदको बैठक अबरुद्ध गर्ने विपक्षी दलको चेतावनीपछि सभामुख ओनसरी घर्तीले संसदको बैठक शुक्रवार बिहानसम्मका लागि स्थगित गरेकी हुन् ।
सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेख्दै सभामुख घर्तीले सहमतिका लागि शुक्रवार बिहान १० बजेसम्मको समय दिएकी हुन् । सभामुख घर्तीले बिहीवार नै राष्ट्रपति विद्यादेवी भण्डारीसँग महाअभियोग प्रक्रियाबारे परामर्श गरेकी थिइन ।