२३ असार २०८३, मंगलबार

प्रचण्डलाई ओलीको प्रश्नः यस वर्षको क्यालेण्डरमा जेठ १५ गते छैन ?

कात्तिक २०, २०७४
प्रचण्डलाई ओलीको प्रश्नः यस वर्षको क्यालेण्डरमा जेठ १५ गते छैन ?

काठमाडौं २१ वैशाख– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संविधानमा भएको व्यबस्था अनुसार जेठ १५ गते नै बजेट ल्याउनु पर्ने अडान राखेको छ । साथै उसले बजेट अगावै स्थानीय तहको दुवै चरणको निर्वाचन गर्नुपर्ने माग राखेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बिहीवार सिंहदरबारमा भएको छलफलमा एमाले अध्यक्ष केपी शर्मा ओलीले बजेट जेठ १५ मै ल्याउनु पर्ने अडान राखेका हुन् ।

‘प्रधानमन्त्रीका तर्फवाट बाधा अड्काउ फुकाउ आदेश जारी गरेर जेठ १५ गतेका लागि पूर्वनिर्धारित बजेट पर सारौ भन्ने प्रस्ताव आयो’ बिहीवार अपरान्ह बसेको एमाले संसदीय दलको बैठकमा प्रचण्डसँग भएको कुराकानीबारे ओलीले सांसदहरुलाई जानकारी गराउँदै भने, ‘हामीले भन्यौ, संविधानमै तिथि मिति उल्लेख भएपछि किन चाहियो बाधा अड्काउ फुकाउँ ? कि यस वर्षको क्यालेण्डरमा जेठ १५ गते नै छैन ?’

यसअघि सरकारले जेठ १५ मै बजेट ल्याउने तयारी गरेपनि निर्वाचन आयोगले निर्वाचन अघि बजेट ल्याउन नमिल्ने बताएको थियो । १५ जेठ अगावै दोस्रो चरणको निर्वाचन सम्भव नभएको भन्दै प्रचण्डले बाधा अड्काउ फुकाएर असारमा बजेट ल्याउन प्रस्ताव गरेका थिए ।

सरकार, कागजात सबै किर्तेः ओली

संसदीय दलको बैठकमा अध्यक्ष ओलीले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्ताव कुनैपनि हालतमा असफल बनाउने बताए ।

अध्यक्ष ओलीले महाअभियोग प्रस्ताव आइतवारसम्म मतदानमा ल्याएमा एमाले मतदान प्रक्रियामा सहभागि भएर असफल गराउने तर महाअभियोग लम्बनाउने पक्षमा नरहेको बताएका एमाले सांसद चुडामणि विश्वकर्मा जंगलीले जानकारी दिए ।

‘महाअभियोगमा प्रयोग गरिएका कागज किर्ते हुन्, हस्ताक्षर किर्ते हुन्, बिषयबस्तु किर्ते छन्’ ओलीले भने ‘समग्रमा सरकार नै किर्ते हो ।’

ओलीले प्रक्रियाका नाममा कर्तव्यनिष्ट प्रधानन्यायाधीशलाई कथित महाअभियोग लगाइएको ओलीले आरोप लगाए ।

salt training

कमेन्ट गर्नुहोस्