काठमाडौं, २१ वैशाख– विश्व फुटबल महासंघ (फिफा) बरियतामा नेपाल ३ स्थान तल झरेको छ । यसअघि १७० औं स्थानमा रहेको नेपाल ३ स्थान तल झर्दै १७० औं स्थानमा पुगेको हो ।
दक्षिण एसियमा भारतले इतिहासकै सबैभन्दा राम्रो अंकसहित १०० स्थानको बरियता हासिल गरेको छ । यसअघि मार्च महिनामा भारत १३२ औं स्थानमा थियो । २१ वर्षको अवधिमा भारतको यो सबैभन्दा राम्रो अंक हो ।
फिफाको नयाँ बरियताअनुसार दक्षिण एसियामा नेपाल पाँचौ स्थानमा यथावत् छ । दक्षिण एसियामा नेपालभन्दा अगाडि भारत, माल्दिभ्स, अफगानिस्तान र भुटान छन् ।
दक्षिण एसियामा भारत १०० स्थानसहित पहिलो, माल्दिभ्स १५२ स्थानसहित दोस्रो अफगानिस्तान १५४ स्थानसहित तेस्रो र भुटान १६४ स्थानसहित चौथो स्थानमा छन् ।
दक्षिण एसियामा नेपालभन्दा तल बंगलादेश १९३, श्रीलंका १९७ औं र पाकिस्तान २०१ औं स्थानमा रहेका छन् ।
।
फिफाको नयाँ बरियताको शीर्ष स्थानमा ब्राजिल यथावत छ भने अर्जेन्टिना दोस्रो र जर्मनी तेस्रो स्थानमा छन् । त्यस्तै चौथोबाट क्रमशः चिली, कोलम्बिया, फ्रान्स, बेल्जियम, पोर्चुगल, स्विजरल्याण्ड र स्पेन उत्कृष्ट दशभित्र छन् ।
तस्वीरः गोल नेपाल