
भारततर्फ चोरी निकासी गर्न लागेको १४ किलो गाँजासहित दुईवटा मोटरसाइकल प्रहरीले शनिबार बरामद गरेको छ।
मोरङको जहदा गाउँपालिका –३ नेपाल–भारत सीमा क्षेत्रबाट दुईवटा मोटरसाइकलसहित १४ किलो गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
नेपाली र भारतीय नम्बर प्लेटका दुईवटा मोटरसाइकलमा भारततर्फ चोरी निकासी गर्न लागिरहेको अवस्थामा प्रहरीलाई देखेपछि झोलामा प्याक गरेको गाँजा र मोटरसाइकल छाडेर उनीहरु फरार भएको इलाका प्रहरी कार्यालय रानी विराटनगरका प्रहरी निरीक्षक दीपक थापाले बताए।
यस सम्बन्धमा आवश्यक अनुसन्धान तथा फरार गाँजा तस्करको खोजी भइरहको प्रहरीले जनाएको छ।