२१ जेठ २०८३, बिहीबार

बुटवलमा शुरू भयो कोरोना संक्रमितको ‘प्लाज्मा थेरापी’

भदौ ८, २०७७
बुटवलमा शुरू भयो कोरोना संक्रमितको ‘प्लाज्मा थेरापी’

बुटवलस्थित कोरोना विशेष अस्पतालमा कोरोना संक्रमित बिरामीको प्लाज्मा थेरापी विधिबाट उपचार शुरू गरिएको छ ।

कोरोना संक्रमित भएर निको भएका बिरामीको रगतबाट प्लाज्मा छुट्याएर गम्भीर संक्रमित बिरामीलाई दिने प्रक्रियालाई प्लाज्मा थेरापी भनिन्छ । यसले संक्रमित बिरामीलाई रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ ।

अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले अस्पतालको भेन्टिलेटरमा उपचाररत ७० वर्षीया महिलालाई प्लाज्मा थेरापी गरिएको जानकारी दिए । डा. थापाले भने, ‘हामीले आजबाट यो सेवा शुरू गर्‍यौं । अब आवश्यक परेमा निरन्तर जारी राख्छौं ।’

जटिल संक्रमित बिरामीका लागि प्लाजमा थेरापी प्रयोग गर्न सकिन्छ । अंग प्रत्यारोपण भई औषधि खाइरहेका र क्यान्सर रोगका बिरामीसँग इम्युनिटी पावर कम हुने भएकाले त्यस्ता बिरामीलाई कोरोना भाइरस लागेमा प्लाज्मा थेरापीको प्रयोग गर्न सकिन्छ । बुटवलको कोरोना विशेष अस्पतालमा १६ जना बिरामी आईसीयूमा छन् भने २३ जना आइसोलेसनमा छन् । 

salt training

कमेन्ट गर्नुहोस्