
प्रहरीले अवैध रुपमा लागूऔषध कारोबार गर्र्ने दुईजनालाई पक्राउ गरेको छ।
प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले अवैध रुपमा अफिम ओसारपसार गर्ने जाजरकोट घर भई तारकेश्वर नगरपालिका बस्ने २२ वर्षीय दिलिप विश्वकर्मा र दोलखा घर भई तारकेश्वर बस्ने १८ वर्षीय प्रमिला राउतलाई साेमबार पक्राउ गरेको हो।
महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक ईश्वर कार्कीले तारकेश्वर नगरपालिका–४ शेषमति सानोपुल नजिक शङ्कास्पद रुपमा कालो झोला बोकेर हिँडिरहेको अवस्थामा विश्वकर्मा र राउतलाई पक्राउ गरिएको जानकारी दिए।
प्रहरीले पक्राउ गरेकासँग ६ किलोग्राम ५ सय ग्राम अफिम बरामद गरेको छ। बरामद गरिएको अफिम पक्राउ परेका व्यक्तिले विभिन्न गाउँबाट एक लाख ५० हजार प्रति किलोग्राम ल्याउने र आठ लाखसम्म प्रति किलोग्राम बेच्ने गरेको अनुसन्धानमा खुलेको प्रहरी प्रवक्ता कार्कीले बताए।