०२ साउन २०८३, शनिबार

झापामा गाेली चल्याे

झापामा गाेली चल्याे
प्रतिकार्यात्मक तस्वीर।

झापाको झापा गाउँपालिका-३ कामाटोलीमा स्थानीय र सशस्त्र प्रहरीबीच झडप हुँदा गोली चलेको छ।

गोरु काटेको आरोपमा अब्दुल सलाम र ताजमल हकलाई प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले नियन्त्रण लिएर लैजान खोज्दा झडप भएको थियो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले गोरु काट्नेलाई लैजान खोज्दा स्थानीयले अवरोध गरेपछि प्रहरीले बल प्रयोग गरेको बताए। प्रहरीले केही राउण्ड हवाई फायर गरेको उनले जनाए।

घटनामा प्रहरीका प्रहरी निरीक्षक सञ्जीव बोगटी र सशस्त्र प्रहरीका राजन खड्का घाइते भएको जनाइएको छ।

salt training

कमेन्ट गर्नुहोस्