०९ साउन २०८३, शनिबार

विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्न एनआइसी एशिया बैंकले ल्यायो ‘सुपर सिक्स योजना’

विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्न एनआइसी एशिया बैंकले ल्यायो ‘सुपर सिक्स योजना’

एनआइसी एशिया बैंकले ‘सुपर सिक्स योजना’ सार्वजनिक गरेको छ ।

विश्वव्यापी कोरोना महामारीको समयमा विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्नका निम्ति यस्तो योजना ल्याएको बैंकले जनाएको छ । 

यस योजना अनुसार ग्राहकले यस बैंकको मोबाइल बैंकिङ्ग मार्फत हप्तामा ६ वटा कारोबार गर्दा छैटौं कारोबार रकमको ६ प्रतिशत वा रू. ५०० सम्म रकम फिर्ता प्राप्त गर्न सक्नेछन् ।

यो योजना भाद्र ८ देखि २७ गतेसम्म गरिएको कारोबारका लागि मात्र मान्य हुने र न्यूनतम रू. १०० सम्मको कारोबार ग्राहकले गर्नुपर्ने बैंकले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्