२२ जेठ २०८३, शुक्रबार

लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट तीन जना पक्राउ

लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट तीन जना पक्राउ
प्रतिकार्यात्मक तस्वीर।

प्रहरीले अवैध लागूऔषधसहित मुलुकका छुट्टाछुट्टै स्थानबाट तीन जनालाई पक्राउ गरेकाे छ।

कास्की: पोखरा महानगरपालिका-११ तुलसीमार्गका विशाल घमाल विकलाई करीब ३ केजी ४ सय ग्राम गाँजा, ३ सय ग्राम चरेस र नियन्त्रित लागूऔषध ३ सय ट्याबलेट टामासहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ।

विकले आफू सुत्ने कोठामा लागूऔषध लुकाई छिपाई राखेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको जनाएकाे छ।  

धनुषा: कमला नगरपालिका-२ माची बस्ने २० वर्षीय गोविन्द मण्डललाई ९ सय ट्याबलेट नियन्त्रित लागूऔषध नाइट्राभेटसहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ।

विदेह नगरपालिका-१ महिनाथपुरस्थित सडकमा ईलाका प्रहरी कार्यालय खजुरी र प्रहरी चौकी ठडीझिंजाबाट खटिएको प्रहरीले भारतबाट पैदल लुकीछिपी आईरहेका मण्डललाई जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको जनाएकाे छ।

कैलाली: टीकापुर नगरपालिका-७ दैजीका किशोर बुढालाई १ सय ४८ ट्याब्लेट नियन्त्रित लागूऔषध नाइट्राभेटसहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ।

प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले सोही स्थानस्थित सडकमा पैदल हिँडिरहेको अवस्थामा शंका लागि जाँच गर्दा बुढालाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको जनाएकाे छ।

salt training

कमेन्ट गर्नुहोस्