२२ असार २०८३, सोमबार

महिलाले मोबाइल चलाउने ? सर्वत्र यो सम्भव छैन

कात्तिक २०, २०७४
महिलाले मोबाइल चलाउने ? सर्वत्र यो सम्भव छैन
काठमाडौं, २२ वैशाख – फ्रान्सिस समाचार संस्था ए.एफ.पी.ले दिल्लीबाट बुधवार सम्प्रेषण गरेको समाचार अनुसार भारतको उत्तर प्रदेश राज्यको एउटा गाउँमा महिलाले सार्वजनिक ठाउँमा अभिएर मोबाइल फोन चालू गर्न नपाउने गरी प्रतिबन्ध लागेको छ ।

यो गाउँले बुजु्रग बूढापाकाहरूले लगाएको बन्देज हो र यो महिलाले जो पायो त्यही पुरुषसित सम्पर्क नराखुन् भनेर लागू गरिएको ग्रामीण नियम हो । यो नियम सम्बन्धी समाचारको पुष्टि प्रहरीले गरेको छ ।
चर्चामा आएको गाउँ मादोरा हो जहाँ मुसलमानहरूको बाहुल्य छ ।

मोबाइल फोन निषेध सम्बन्धी नियम उल्लंघन गर्ने महिलालाई भारतीय रुपैयाँ २१ हजार बराबरको जरिवाना गरिने कुरा पनि खबरमा परेको छ । यति ठूलो रकम कमाउन ग्रामीण भेगका मानिसलाई महीनौं लाग्छ ।
स्थानीय पञ्चायत मानिने खापबाट मोबाइलहरू निषेध सम्बन्धी निर्णय भएको जानकारी स्थानीय प्रहरी प्रमुख अरुणकुमार सिंहले एएफपीलाई बताए ।

यस्ता आदेश नियम संविधान विपरीत भएको पनि ती प्रहरीले स्वीकार गरे ।

पञ्चायत (सभा)का सदस्यहरुले मोबाइल बढ्दो फोनको प्रयोगबाट केटीहरु केटाहरूसित भाग्ने प्रवृत्ति देखिएकोमा चिन्ता व्यक्त गर्दै निषेधको नियम लागू गर्न सकिए केटा—केटीको सम्पर्क कम हुने अपेक्षा गरेका हुन्् । सभाले गोहत्या र मादक पदार्थ ओसार पसार गर्नेलार्य पनि जरिवाना गर्ने निर्णय लिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्