१० साउन २०८३, आइतबार

बुटवल उपमहानगरकाे टाेली बजार अनुगमनमा, अनुगमन छल्न औषधि सप्लायर्सले सटर बन्द गरे

बुटवल उपमहानगरकाे टाेली बजार अनुगमनमा,  अनुगमन छल्न औषधि सप्लायर्सले सटर बन्द गरे

बुटवलका औषधि पसलकाे अनुगमन गरिएको छ।

कोरोना महामारी फैलिएसँगै मास्क, स्यानिटाइजरलगायतका अत्यावश्यक सुरक्षाका सामग्रीकोकाे भाउ बढाएकाे गुनासाे आएपछि बुटवल उपमहानगरपालिकाले आइतबार अनुगमन गरेको हो।

औषधि तथा अस्पतालजन्य वस्तुका सप्लायर्सले मास्क तथा सेनिटाइजरको चर्को मूल्य लिनुका साथै कृतिम अभावसमेत श्रृजना गर्न थालेपछि अनुगमन गरिएको हो।

उपमहानगरपालिकाका बजार अनुगमन समितिका संयोजक तथा उपमेयर गोमादेवी आचार्यको नेतृत्वमा गरिएको अनुगमनमा औषधि सप्लायर्सले सामानमा चर्को मूल्य लिने गरिएको पाइएकाे छ।

अनुगमन समितिले बुटवल अस्पताल लाइनमा रहेका भैरव सर्जिकल र सिद्धिविनायक मेडिसिनमा अनुगमन गरेको थियो। त्यस्तै केही औषधि सप्लायर्स भने अनुगमन समिति आउने थाहा पाएपछि बन्द गरिएका थिए।

अनुगमनको क्रममा औषधि पसलमा मास्क तथा सेनिटाइजरको मूल्य चर्को लिने गरेको पाइएको उपप्रमुख आचार्यले बताइन्।

व्यापारीले सामान खरिद गरेर लिएको मूल्यभन्दा धेरै नाफा खाएको पाइएपछि पहिलोपटकलाई सचेत बनाएर छोडिएको आचार्यले बताइन्। पहिलोपटकलाई सम्झाएर छोडिएको र फेरिपनि चर्को मूल्यमा बिक्री गरेको पाइएमा कारबाही गर्ने उनले बताइन्।

उपप्रमुख आचार्यसँगै वाणिज्य कार्यालयका प्रमुख हरि शर्मा, रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनी, बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि अर्याल, उपभोक्ता हित संरक्षण मन्च प्रदेश ५ का अध्यक्ष तेजकुमार पाठक, बुटवल उपमहानगरपालिका वरिष्ठ अधिकृत भुवाप्रसाद लुइँटेल, इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठोरलगायतको अनुगमनमा थिए।

salt training

कमेन्ट गर्नुहोस्