३० असार २०८३, मंगलबार

विदेशबाट दैनिक ८ सयको संख्यामा नेपाली ल्याइने

विदेशबाट दैनिक ८ सयको संख्यामा नेपाली ल्याइने

सरकारले दैनिक ८ सयको संख्यामा विदेशबाट नेपाली नागरिक ल्याउने निर्णय गरेको छ ।

आइतवार बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले यात्रुको व्यवस्थापन, क्वारेन्टाइन र आइसोलेसनको उपलब्धताका आधारमा दैनिक ८ सय को संख्या नबढ्ने गरी नियमित तथा चार्टड उडानबाट नेपाली ल्याउने निर्णय गरेको बताए ।

यसअघि बसेको मन्त्रिपरिषद बैठकले दैनिक ५ सय यात्रुको संख्या नबढ्ने गरी उडान संचालन गर्ने निर्णय गरेको थियो । आइतवारको बैठकले त्यसलाई परिमार्जन गरी ८ सयको संख्या बनाउने निर्णय गरेको हो ।

प्रवक्ता डा. खतिवडाले उडानसम्बन्धी सबै निर्णय गर्ने जिम्मेवारी संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई दिने निर्णय गरिएको बताए । 'धेरै निकायबीच समन्वय गर्नुपर्दा समस्या आएकाले यो निर्णय गरिएको हो,' डा. खतिवडाले भने ।

डा. खतिवडाले गैरआवासीय नेपालीहरूलाई पनि नेपाल आउन सक्ने गरी निर्णय गरिएको बताए ।
'सरकारले गैरआवासीय नेपाली (एनआरएनए)लाई नेपाल आउन दिने निर्णय गरेको छ,' उनले भने, 'विदेशी नागरिकता लिएका एनआरएनएहरुले नेपाल आउन नपाएको भन्दै गर्ने गरेको गुनासोलाई आधार मान्दै कूटनीतिक नियोगका सिफारिसमा नेपाल आउनै पर्ने  अवस्थाका गैरआवासीय नेपालीलाई नेपाल आउन दिने निर्णय भएको छ ।' 

salt training

कमेन्ट गर्नुहोस्