
सरकारले विश्वव्यापी महामारीको रुप लिएको कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका काममा आवश्यक समन्वय र अनुगमनका निम्ति संघीय सांसदलाई अनुरोध गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को आइतबारको बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई महाव्याधि नियन्त्रणमा समन्वय गर्न अनुरोध गर्ने निर्णय गरेको हो। समितिमा प्रत्यक्ष निर्वाचित सांसद संयोजक रहनेछन् भने समानुपातिक सांसद सदस्य।