
सरकारले कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका काठमाडौँ उपत्यकामा २ हजार शय्याको क्वारेन्टिन निर्माण गर्ने निर्णय गरेको छ।
कोरोनाका शङ्कास्पद बिरामी र स्वदेश विदेशको यात्रा गरेका विशेष ध्यानदिनुपर्ने व्यक्तिलाई बेग्लै राखेर निगरानी तथा उपचारको व्यवस्था गर्ने उक्त स्थल निर्माणको जिम्मेवारी सहरी विकास मन्त्रालयलाई दिइएको छ।
मन्त्रिपरिषद्को आइतबारको बैठकले वर्तमान परिस्थितिलाई दृष्टिगत गरी चाँडोभन्दा चाँडो निर्माण पूरा गर्न उक्त मन्त्रालयलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६६ र सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४५ अनुसार आवश्यक सामग्री खरिद गर्ने अनुमति दिएको छ।