मंसिर २५, २०८०
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
कोरोनाभाइरसको हल्ला 'नियोजित' रूपमा फैलाइएको मान्नेहरूको संख्या विश्वमा ठूलो छ । सामाजिक सञ्जाल हेर्ने हो भने नेपालमै पनि विश्व स्वास्थ्य संगठन र विश्वका केही धनाड्यको मिलेमतोमा यसलाई त्रास फैलाउन र पैसा कमाउन हल्ला फिँजाएको आरोप लगाउने प्रशस्त भेटिन्छन् ।
कतिपयले पीसीआर (पोलिमरेज चेन रियाक्सन) विधि नै गलत रहेको अफवाह फैलाएका छन् । पीसीआर मेसिनको आविष्कारक क्यारी मुलिसले नै यो मेसिनले भाइरस पत्ता लगाउन नसक्ने भनी भनेको भनाइ सेयर गरेर विभिन्न प्रचार भइरहेका छन् ।
यसबारेमा रोयटर्सले फ्याक्ट चेक नै गरेको छ । 'पीसीआर मेसिनले संक्रामक भाइरस पत्ता लगाउन सक्दैन' यो भनाइलाई गलत व्याख्या गरेर संसारभर अफवाह फैलाउन प्रयोग गरिएको २ महिनाअघि रोयटर्समा प्रकाशित एक समाचार टिप्पणीमा उल्लेख गरिएको छ ।
तर पीसीआर मेसिनले भाइरस पत्ता लगाउन नसक्ने भनाइ सन् १९९६ मा एचआईभीका बारेमा जोन लोरिटसेनले लेखेको आर्टिकलमा उल्लेख थियो । उनले कोभिड– १९ का बारेमा भने यस्तो लेखेका थिएनन् । लोरिटसेनले पीसीआरले भाइरस नै पत्ता लगाउन नसक्ने भनेका थिएनन् ।
'पीसीआर मेसिनले भाइरसको मात्रात्मक होइन गुणात्मक अवस्था पत्ता लगाउँछ,' लोरिटसेनले आफ्नो लेखमा लेखेका छन्, 'यसले भाइरसको जेनेटिक सिक्वेन्स पत्ता लगाउने हो, भाइरस नै पत्ता लगाउने होइन ।'
मेसिन बनाएकै कारण नोबेल पुरस्कार जितेका थिए मुलिसले
क्यारी मुलिस एक अमेरिकन बायोकेमिस्ट थिए । सन् १९४४ को डिसेम्बरमा जन्मेका मुलिसको गतसाल अगस्त ७ मा निधन भएको थियो । उनलाई पीसीआर मेसिन आविष्कार गरेकै आधारमा सन् १९९३ मा नोबेल पुरस्कार दिइएको थियो ।
सन् १९८३ को एक दिन उनले आफ्नो गर्ल्डफ्रेन्डलाई गाडीमा घुमाउन लैजाँदै गरेका थिए त्यतिबेलै उनलाई एउटा आइडिया फुर्यो । उनले आफूलाई चाहिएको वस्तुको डीएनए सिक्वेन्सलाई डीएनए पोलिमरेजमार्फत् कपी गरेर आफूसँग भएको पुरानो सिक्वेन्ससँग मिलाउन सकिनेबारेमा सोचे ।
उनले यो आइडियालाई सन् १९८३ डिसेम्बर १६ मा आफ्नो ल्याबमा व्यावहारिक रूपमै सफलतापूर्वक प्रदर्शन गरेर देखाए ।
यसको बारेमा उनले नोबेल पुरस्कार लेक्चरमा बृहत् रूपमा उल्लेख गरेका छन् । उनले आविष्कार गरेको पीसीआर मेसिनबाट धेरै भाइरसहरूको जीन सिक्वेन्स अध्ययन गरेर उपचार विधि पत्ता लगाइएको छ ।
विश्वसनीयता कति हो पीसीआरको ?
नेपालमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि सरकारले पीसीआर मेसिन र यसको रिएजेन्टसँगै आरडीटी (र्यापिड डाइग्नोस्टिक टेस्ट) किटहरू पनि भित्र्याएको थियो । अहिले आरडीटी किटको प्रयोग भएको छैन । शुरूशुरूमा आरडीटी परीक्षणबाट पनि संक्रमित पत्ता लगाउने गरिएको भएपनि बीचमा त्यसको विश्वसनीयतामाथि प्रश्न उठ्यो । त्यसपछि सरकारले आरडीटी प्रयोग गरेको छैन ।
अहिले पीसीआरमा पनि प्रश्न उठिरहेको छ । कहीँ परीक्षण गराउँदा पोजिटिभ, कहीँ नेगेटिभ आउने गरेको समाचारसँगै पीसीआर परीक्षणको विश्वसनीयतामाथि प्रश्न उठेको हो । विज्ञहरूले कोरोना भाइरसको परीक्षण गर्ने अन्य धेरै विधिहरू भएपनि पीसीआर सबैभन्दा बढी विश्वसनीय विधि रहेको बताउने गरेका छन् ।
जनस्वास्थ्यविज्ञ डा. रवीन्द्र पाण्डेले पीसीआरको विश्वसनीयता ७० प्रतिशतको हाराहारीमा रहेको बताए । 'पीसीआरले भाइरसमा हुने दुई नाभिकीय अम्ल आरएनए (राइबो न्युक्लिक एसिड) र डीएनए (डीअक्सीराइबो न्युक्लिक एसिड) दुवैको जिनोम सिक्वेन्स फोटोकपी गर्छ,' डा. पाण्डेले लोकान्तरसँग भने, 'कोरोना पत्ता लगाउनका लागि आरएनए सिक्वेन्स हेर्नुपर्छ । तर आरएनए सजिलै नास हुन सक्ने (भोलाटायल) अम्ल हो । यसलाई भीटीएममा अत्यन्तै सुरक्षित ढंगले राख्नु पर्छ । त्यसपछि एक्स्ट्र्याक्सन गरेर ४ डिग्री सेल्सियसमा राख्ने हो । यो प्रक्रियामा ध्यान नदिने हो भने पीसीआर परीक्षणले रिजल्ट दिन सक्दैन ।'
स्वाब संकलन प्रक्रियादेखि नै अत्यन्त सुरक्षित ढंगले पीसीआर परीक्षण विधिमा लैजाने हो भने यसको विश्वसनीयता बढ्न सक्छ ।
परीक्षणलाई धेरै बाहिरी फ्याक्टरले असर गर्न सक्छ !
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुणा झाको दाबी छ, 'पीसीआर परीक्षण भनेको शतप्रतिशत नै नतिजा निकाल्ने परीक्षण विधि हो । कोभिडका लागि टेस्ट गरियो भने र भाइरस छ भने शतप्रतिशत नै विश्वसनीय नतिजा आउँछ ।'
झाले केही फ्याक्टरहरूले परीक्षणलाई प्रभावित भने पार्न सक्ने बताइन् ।
'केही फ्याक्टरहरूले टेस्टलाई भने असर गर्छ,' उनले लोकान्तरसँग भनिन्, 'स्याम्पल कलेक्सनदेखि लिएर शरीरमा भएको भाइरस लोड कति छ, भाइरसको एमाउन्ट, स्टोरेज कन्डिसन, ट्रान्सपोर्ट सबै विषयले यसको विश्वसनीयतामा महत्त्वपूर्ण भूमिका खेल्छ ।'
त्यसो भए पीसीआर समग्रमा कति प्रतिशत विश्वसनीय छ त भनेर हामीले उनलाई सोधेका थियौं । उनले जवाफ दिइन्, '७० देखि ८० प्रतिशत !'
फल्स पोजिटिभ र फल्स नेगेटिभ भनेको के हो ?
डा. झाले कतिपय अवस्थामा फल्स पोजिटिभ र फल्स नेगेटिभ नतिजा आउन सक्ने बताइन् । 'फल्स पोजिटिभ भनेको कोरोना होइन तर रिजल्ट चाहिँ कोरोना जस्तै देखिन्छ,' उनले भनिन्, 'फल्स नेगेटिभ भनेको कोरोना हो तर रिजल्ट चाहिँ कोरोना जस्तो देखिँदैन ।'
उनले परीक्षणको नतिजा फल्स आयो भने ठ्याक्कै के हो भन्न नसकिने बताइन् । 'कुनै पनि ल्याबमा यस्तो रिजल्ट आउन सक्छ,' उनले भनिन्, 'रिजल्ट फेयर आउन पुन: परीक्षण गर्नुपर्छ । लक्षण छ र कोभिड पोजिटिभ आएको छैन कहिले कहीँ २/३ पटकमा पनि पोजिटिभ देख्न सकिन्छ ।'
एउटा ल्याबमा पोजिटिभ, अर्को ल्याबमा नेगेटिभ किन ?
पछिल्लो समय कुनै ल्याबमा गरिएको परीक्षण पोजिटिभ र त्यही नमूना अर्को ल्याबमा परीक्षण गर्दा नेगेटिभ आएका समाचारहरू प्रशस्त आउने गरेका छन् । हामीले डा. झालाई त्यस्तो किन हुन्छ भनेर सोधेका थियौं ।
उनले भनिन्, ' कसैले ल्याबलाई हाम्रो रिपोर्ट नेगेटिभ देखाइदेऊ, समाजमा अरूले थाहा पाउँछ र हामीलाई गाह्रो हुन्छ भन्ने गरेको पनि सुनिएको छ । कतिपयले बीमाको रकम पाउने भएकाले पोजिटिभ देखाइदिन आग्रह गर्ने गरेको पनि छन् रे । हामीले त्यसको छानबिन गर्दैछौं । प्रमाणसहित बाहिर आयो भने कारवाहीका लागि सिफारिस गर्छौं ।'
उनले विशेष परिस्थितिबाहेक एउटा ल्याबमा स्वाबको परीक्षण कोभिड पोजिटिभ र अर्को ल्याबमा नेगेटिभ आउन नसक्ने बताइन् ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...