
नेपालमा कोरोनाभाइरस (कोभिड- १९) संक्रमितको संख्या ४० हजार ५ सय २९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सोमवार आयोजित नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा थप १ हजार ६९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिइएको हो ।
काठमाडौं उपत्यकामा मात्र ४ सय ८१ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंमा ३ सय ९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० छन् ।
हाल आईसीयूमा १ सय २७ र भेन्टिलेटरमा १७ जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।
भेन्टिलेटरमा बाग्मती प्रदेशमा १४ र प्रदेश ५ मा ३ जना छन् ।
संक्रमितमध्ये २२ हजार १ सय ७८ जना निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
पछिल्लो २४ घण्टामा ७ सय ६८ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।
मृतकको संख्या भने २ सय ३९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।