११ साउन २०८३, सोमबार

बुटवलमा ‘फूड बैंक’ स्थापना

भदौ १६, २०७७
बुटवलमा ‘फूड बैंक’ स्थापना
प्रतिकात्मक तस्वीर

कोभिड–१९ को महामारीबाट प्रभावितका लागि ५ नम्बर प्रदेशको अस्थायी राजधानी बुटवलमा ‘फूड बैंक’ सञ्चालन गरिएको छ ।

रुपन्देहीमा क्रियाशील विभिन्न क्लबको सक्रियतामा बुटवलको ट्राफिक चोकमा मंगलवारदेखि खाद्य बैंक सञ्चालन गरिएको हो ।

लकडाउन अवधिभर सञ्चालन गरिने फूड बैंकबाट एक पटकमा एक जनालाई अढाइ केजी चामल, आधा केजी दाल, एक केजी आलु, आधा लिटर तोरीको तेल, एक केजी प्याज, १–१ पाउ लसुन, बेसार र अदुवा, एक किलो नून, पाँच मास्क र साबुन प्रदान गरिने छ ।

कोही पनि भोकै बस्नु नपरोस् भन्ने उद्देश्ले सञ्चालन गरिएको फूड बैंकमा हुनेहरूलाई सहयोग गर्न र नहुनेहरूलाई लैजानका लागि आग्रह गरिएको छ । सामाजिक सेवामा काम गर्ने संस्था रोटरी क्लब अफ बुटवल साउथ, रोट्रयाक्ट क्लब अफ बुटवल साउथ, रोट्रयाक्ट क्लब अफ तिनाउ सिटी र ह्याप्पी ह्वील्सको आयोजना तथा साइन रेसुङ्गा डेभलपमेन्ट बैंक, इ–क्यान रुपन्देही र बुटवल महिला जेसिजका सहयोगमा बैंक सञ्चालन गरिएको रोटरी क्लब अफ बुटवल साउथका अध्यक्ष प्रेम भुर्तेलले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्