
काठमाडौंमा रहेको वीर अस्पतालमा ७१ जना कर्मचारी र स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
संक्रमित स्वास्थ्यकर्मीको वीर अस्पतालको आइसोलेसनमा रहेको अस्पतालका निर्देशक डा केदारप्रसाद सेञ्चुरीले जानकारी दिए। अस्पताल प्रशासनले सूचना जारी गर्दै अस्पतालको बहिरंग (ओपीडी) सेवा दुई दिनका लागि बन्द रहने जनाएको छ।
अस्पतालको आकस्मिक कक्ष, ज्वराे क्लिनिक, केही प्रयोगशाला र शल्यक्रिया कक्ष खुला रहने जनाइएको छ।