काठमाडौं, ९ पुस – कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच संविधान संशोधनको विषयलाई लिएर शुक्रबार एक कार्यक्रममा जुहारी चल्यो । देउवाले आफैंले हस्ताक्षर गरेको साझा दस्तावेजको रुपमा ल्याइएको संशोधन विधेयकलाई स्वीकार गर्न ओलीलाई आग्रह गरे ।

आजको कान्तिपुर दैनिक लेख्छ–ओलीले सरकारले ल्याएको संघीय प्रदेशको सीमांकन परिवर्तन गर्दै प्रस्ताव राष्ट्र हितमा नरहेको तर्क गर्दै त्यसलाई नमान्ने बताए ।
सन्त नेता कृष्णप्रदान भट्टराईको ९३ औं जन्मजयन्तीको अवसरमा बाडेगाउँ आश्रममा आयोजित कार्यक्रममा देउवा र ओली दुबै अतिथि थिए । औपचारिक मन्तब्यपछि संसदको गतिरोध फुकाउने विषयमा उनीहरुबीच संक्षिप्त कुराकानी पनि भयो । अनौपचारिक कुराकानीमा दुबै सकारात्मक जस्ता देखिए पनि भाषणमा औपचारिक भाषणमा भने दुबैले एकअर्कालाई आक्षेप लगाए ।