मंसिर १९, २०८०
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
कोरोना महामारीका कारण विश्वका धेरै देशको जस्तै नेपालको पनि अर्थतन्त्र नराम्ररी प्रभावित छ । यस्तो विषम परिस्थितिमा अर्थमन्त्री फेरिने चर्चाले निजी क्षेत्र र राजनीतिक वृत्तलाई तताएको छ ।
राजनीतिक पृष्ठभूमि नभएका अर्थमन्त्री डा. युवराज खतिवडाले सैद्धान्तिक विषय बुझे पनि व्यावहारिक पाटो बुझ्न नसक्दा मुलुकको अर्थतन्त्रले लय समात्न नसकेको आरोप पहिल्यैदेखि लाग्ने गरेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासपात्र मानिएका खतिवडामाथि कोभिड– १९ का कारण अर्थतन्त्रमा सिर्जित समस्या समाधानमा उल्लेख्य भूमिका खेल्न नसकेको आरोप लाग्ने गरेको थियो ।
शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकमा अर्थमन्त्री खतिवडाले आफूले गरेका कामको फेहरिस्त राखेका थिए । मन्त्रालय सम्हालेदेखि आफूले गरेका र गर्न नसकेका कामहरू अर्थमन्त्रीले बताएपछि प्रधानमन्त्री ओलीले धन्यवाद दिए । खतिवडाले आफूले राजीनामा गर्ने पनि बैठकमा बताए ।
राजीनामा नै नगर्दा पनि उनको पद शनिवारसम्म मात्र थियो, त्यसपछि संविधानतः निष्क्रिय हुने थियो ।
खतिवडाको राजीनामापछि देशले नयाँ अर्थमन्त्री पाउनेछ । अब बन्ने नयाँ अर्थमन्त्रीसामु अनगन्ती चुनौतीसँगै अवसर हुनेछन् । कोभिडका कारण परिस्थिति जटिल र विशेष छ । यस्तो विशेष परिस्थितिमा प्रधानमन्त्रीले नयाँ अर्थमन्त्री चयन गर्दा विशेष सावधानी अपनाउनुपर्ने विज्ञ र निजी क्षेत्रका उद्योगी व्यवसायीको सुझाव छ ।
नयाँ अर्थमन्त्री कस्तो हुनुपर्छ ? यो प्रश्न लोकान्तरकर्मी ईश्वर अर्यालले ३ जना अर्थविद् तथा निजी क्षेत्रका ३ जना उद्योगी व्यवसायीसँग सोधेका थिए ।
विज्ञहरूले अबको अर्थमन्त्री सुझवुझपूर्ण ढंगले चल्ने, पाको, राजनीति र अर्थतन्त्रका बहुआयायिक सम्बन्धमा समन्वयकारी भूमिका निर्वाह गर्न सक्ने, जनतासँग जोडिएर राजनीति गरिरहेको र विशेषतः निजी क्षेत्रलाई पनि विश्वासमा लिएर अघि बढ्न सक्ने व्यक्ति हुनुपर्ने बताएका छन् । प्रस्तुत छ, कुराकानीको सारसंक्षेप :
राजनीतिक दबाबमा आर्थिक नियम कुल्चने अर्थमन्त्री हुनुहुँदैन – डा. जगदीशचन्द्र पोखरेल, अर्थविद्
अर्थमन्त्री राजनीतिक रूपमा बायस्ड भयो भने बिग्रिन्छ । पार्टीले अर्थतन्त्रलाई गाइड गर्नु भएन । अब आउने अर्थमन्त्रीले निकै सुझबुझपूर्ण निर्णय लिनुपर्ने हुन्छ । अर्थमन्त्री युवराज खतिवडा विज्ञ हुँदाहुँदै पनि राजनीतिक सन्तुलन मिलाउन नसकेको साँचो हो ।
मैले ठ्याक्कै भन्नुपर्यो भने अबको अर्थमन्त्री रामशरण महत जस्तो हुनुपर्छ । महतले पार्टीका निर्देशनहरू नमानेर नराम्रोसँग गाली खानुभएको हो र आफ्नो विज्ञताले अर्थतन्त्रलाई जोगाइदिनुभएको हो ।
अर्थमन्त्री देशको ढुकुटी बचाउने र त्यसलाई सही परिचालन गर्ने मान्छे हो । पार्टीले दबाब दियो भनेर ढुकुटीमा धमिरा लगाइदिनुभएन । अहिलेको अर्थव्यवस्था कमजोर हुनुको प्रमुख कारण नै राजनीतिक ठेक्कापट्टा थियो ।
अर्थतन्त्रमा राजनीतिक इन्ट्रेस्ट हावी हुनु हुँदैन । राजनीतिक दबाबमा आर्थिक नियमहरू कुल्चनु भएन ।
अहिले भएको क्षतिको परिपूर्तिसहित काम गर्नसक्ने व्यक्ति अर्थमन्त्री हुनुपर्छ : डा. डिल्लीराज खनाल, अर्थविद
पार्टीले चुनावी घोषणापत्रमार्फत जनतालाई जे प्रतिबद्धता व्यक्त गरेको थियो त्यसलाई सही ढंगले कार्यान्वयन गर्न सक्ने व्यक्तिलाई अबको अर्थमन्त्री बनाउनुपर्छ । कोभिड– १९ का कारण अहिले देश महासंकटमा फसेको छ, अर्थतन्त्र ठूलो संकटमा छ । मजदूरी गर्नेहरूलाई हातमुख जोर्नै समस्या छ ।
समाजको एउटा वर्ग जोखिमपूर्ण अवस्थामा धकेलिएको छ । अहिलेको सरकारले दिएको राहत पनि अपूर्ण भएको भन्ने गुनासाहरू आइरहेका छन् ।
समग्रमा भन्नुपर्दा अबको अर्थमन्त्रीले अर्थतन्त्र उकास्ने क्षमता राख्नुपर्छ । वित्तीय उत्प्रेरणासहित अर्थतन्त्र उकास्ने र सन २०३० सम्म अल्पविकसित अवस्थाबाट माथि देशलाई ल्याउने जुन लक्ष्य छ त्यसको इमान्दारीपूर्वक कार्यान्वयन गर्नुपर्छ । चारैतिरबाट सल्लाह सुझाव लिएर अघि बढ्न सक्ने क्षमता भएको व्यक्ति हुनपर्यो ।
जसरी नेपाली जनताले दिएको जनमतलाई अहिलेको सरकारले राम्रोसँग सदुपयोग गर्न नसकेको अरोप आइरहेको छ, अबको अर्थमन्त्रीले त्यसको क्षतिपूर्तिसहित काम गर्न सक्नुपर्छ ।
अबको अर्थमन्त्री ‘मार्केट फ्रेन्ड्ली’ भए भने ‘फ्रेन्ड्ली मार्केट’ पाउनेछन् : तिलक रावल, राष्ट्र बैंकका पूर्व गभर्नर
नेकपाभित्र युवराज खतिवडा जस्तो मान्छे छैन भनेर प्रधानमन्त्री ओलीले विश्वास गर्नुभएको थियो । कतिपय हिसाबले उहाँले राम्रै गर्नुभयो भने कतिपय आलोचनाहरू पनि आए । काम गर्ने ठाउँमा पुगेपछि आलोचना आउँछन्, त्यो स्वाभाविक हो ।
यतिबेला विश्वमै अर्थतन्त्र ठूलो संकुचनमा फसेको छ । नेपालमा पनि त्यसले प्रभाव पारेको छ । गाह्रो अप्ठ्यारो अवश्य परेको छ । अब आउने अर्थमन्त्रीले जनतालाई वास्तविक समस्या बताउनुपर्छ र त्यससँग जुध्नका लागि क–कसको कति सहयोग आवश्यक पर्छ, त्यो इमान्दारीपूर्वक जनतालाई भन्नुपर्छ ।
जनतालाई केही कुरा पनि लुकाउनु हुँदैन । सबै पारदर्शिताका साथ अघि बढ्नुपर्छ र त्यसबाट प्राप्त हुने जनसहयोगको सदुपयोग गर्न सक्नुपर्छ । छोटकरीमा भन्दा अबको अर्थमन्त्री मार्केट फ्रेन्ड्ली हुनुभयो भने फ्रेन्ड्ली मार्केट पाउनुहुनेछ ।
अहिलेको चुनौतीलाई पार लगाउने अर्थमन्त्री चाहिन्छ : शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ एवं प्रतिष्ठित उद्योगी
अब आउने अर्थमन्त्रीलाई धेरै नै ठूलो चुनौती छ । हाम्रो अर्थतन्त्र यति धेरै गम्भीर अवस्थामा कहिल्यै पनि थिएन । अहिले अर्थतन्त्र संकुचित अवस्थामा छ ।
निजी क्षेत्रको मनोबल एकदमै कमजोर भएको छ । लगानीको वातावरण एकदम खस्केको छ । धेरै उद्योगहरू अब पहिला जस्तो चल्न सक्ने स्थितिमा रहेनन् । पुरानो लयमा फर्किन गाह्रो छ । स्टक मार्केटमा कन्फिडेन्स कम छ । बैंकिङ क्षेत्र एकदमै नाजुक अवस्थामा छ ।
यी चुनौतीहरूलाई पार लगाउने अनुभवी, पाको र समन्वयकारी भूमिका निर्वाह गर्नसक्ने अर्थमन्त्रीको खाँचो देशलाई छ ।
यी सबै सम्बोधन गर्नका लागि निजी क्षेत्र र सबै सरोकारवालाहरूको विश्वास जित्न सक्ने व्यक्ति अर्थमन्त्री हुनुपर्छ ।
अबको अर्थमन्त्री राजनीतिक व्यक्ति हुनुपर्छ : राजेश अग्रवाल, प्रतिष्ठित उद्योगी
मेरो विचारमा अब आउने अर्थमन्त्री टेक्नोक्र्याट होइन, राजनीतिक व्यक्ति नै हुनुपर्छ, जसले जनताको पीरमर्का बुझेको होस् । अर्थमन्त्रालयको नेतृत्व गर्ने व्यक्ति राजनीतिक भइदियो भने प्राविधिक कुराका लागि अन्य विज्ञहरू हुँदै हुन्छन् ।
‘टेक्निकल एक्सपर्टिज्म’ र ‘पोलिटिकल स्टेट्समेनसीप’ दुवैलाई ब्यालेन्स गरेर अघि बढ्न सक्ने व्यक्ति अबको अर्थमन्त्री हुनुपर्छ भन्ने मेरो भनाइ हो ।
अर्थबजार र जनताका आकांक्षा दुवैको सम्बोधन गर्न सक्ने व्यक्तिले अबको अर्थतन्त्रलाई राम्रोसँग अघि बढाउन सक्छ । बजार राजनीतिक उत्प्रेरणा र व्यक्तिगत सोचका आधारमा पनि चल्छ भन्ने कुरा बिर्सनु हुँदैन ।
हामीले यतिका वर्षदेखि व्यापार व्यवसाय गरियो । धेरै अर्थमन्त्रीका कुराहरू हेरियो । अहिले मैले त्यही निष्कर्षका आधारमा राजनीतिक व्यक्ति नै अर्थमन्त्री हुनुपर्छ भन्ने कुरा गरेको हो । युवराज खतिवडामा प्राविधिक सक्षमता थियो, तर त्यसले मात्र अर्थबजारको सम्बोधन नहुने रहेछ ।
अर्थमन्त्रालयका काम विकेन्द्रीकरण गर्नसक्ने व्यक्ति अर्थमन्त्री हुनुपर्छ : पवन गोल्यान, अध्यक्ष, गोल्यान समूह एवं प्रतिष्ठित उद्योगी
नीति निर्माण गरेर मात्र भएन, त्यसलाई व्यावहारिक कार्यान्वयन गर्ने क्षमता भएको व्यक्तिले अबको अर्थमन्त्रालय सम्हाल्नुपर्छ । हुन त युवराज खतिवडाको पालामा पनि उत्पादनमुखी कुराहरू आएका थिए तर त्यसको प्रभावकारी कार्यान्वयन भएन ।
मेरो भनाइ नीति निर्माण गर्दा उत्पादनलाई जोड दिनुपर्यो र त्यसको हुबहु इमान्दारीपूर्वक कार्यान्वयन गर्नुपर्यो । कृषि, उद्योग, हाइड्रोपावर, पर्यटन यी चार कुरालाई जोड दिएर अघि बढ्न सक्ने र निजी क्षेत्रलाई विश्वासमा लिएर जान सक्ने पाको, समन्वयकारी व्यक्ति अबको अर्थमन्त्री हुनुपर्छ ।
अर्को कुरा आपूर्ति, वाणिज्य, उद्योग, कृषि जस्ता सबै विषयहरू अर्थमन्त्रालयमै ठोक्किएका छन् । अधिकारको विकेन्द्रीकरण हुन जरुरी छ । जे गर्दा पनि अर्थमन्त्रालयले नै स्वीकृति दिनुपर्ने चलन संसारमा कहीँ छैन । अर्थको काम बजेट छुट्याउने र दिने हो । अन्य मन्त्रालय, विभागहरूलाई पनि अबको अर्थतन्त्र उकास्ने जिम्मेवारी दिनुपर्छ । अब बन्ने नयाँ अर्थमन्त्रीले अधिकारलाई विकेन्द्रीकरणमा जोड दिन सक्नुपर्छ ।
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...