०९ साउन २०८३, शनिबार

करेन्ट लागेर सेनाका सुवेदार र सिपाहीको मृत्यु

करेन्ट लागेर सेनाका सुवेदार र सिपाहीको मृत्यु
प्रतिकार्यात्मक तस्वीर

करेन्ट लागेर दुई सैनिकको ज्यान गएको छ। नेपाली सेनाको चितवन,शक्तिखोरमा रहेको सिंहनाथ गणमा कार्यरत एक सुवेदार र अर्का एक सिपाहीको करेन्ट लागेर ज्यान गएको जंगीअड्डाले जनाएको छ।

ज्यान गुमाउनेमा गोरखा घर भएका ४५ वर्षीय सुवेदार र २० वर्षीय सिपाही रहेको जनाइएको छ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार गणको हाताभित्र रहेको रुखको हाँगा छिमल्ने क्रममा भर्‍याङ चिप्लिएर नजिकै रहेको नाङ्गो तारमा छुँदा दुबैलाई करेन्ट लागेको थियो। 

घाइते उनीहरुलाई उपचारका लागि भरतपुर अस्पताल लगिएकामा उपचारको क्रममा ज्यान गएको जनाइएको छ।

salt training

कमेन्ट गर्नुहोस्