मिक्स्ड मार्सल आर्ट्स (एमएमए) संसारको सबभन्दा खतरनाक फाइटमध्ये एक हो ।
पिटर स्टानोनिक र रेमन्ड डेनियल्स नामक दुई फाइटरले दोस्रो चरणको खेलमा भिडिरहँदा स्टानोनिकलाई खतरनाक किक परेपछि पीडाले गर्दा उनी रुन थाले ।
भिडियोमा देखिन्छ, रेमन्डले हानेको किक स्टानोनिकको अण्डकोषमा पर्छ । अत्यधिक पीडा भएपछि स्टानोनिक भुइँमा लड्छन् र मुक्कन हान्दै रुन थाल्छन् । तर रेमन्डले जानीबुझी उक्त किक हानेका हैनन् ।
'ओ माई गड' भन्दै स्टानोनिकले रिंगमा मुक्का हानेको देखिन्छ ।
मानिसहरू यो भिडन्त देखेर स्तब्ध भए । भिडियोले ११ लाखभन्दा बढी भ्युज पाइसकेको छ ।
This is hands down the worst kick to the nuts I've ever seen 😳pic.twitter.com/0Jmx7PcKyO
— Chamatkar Sandhu (@SandhuMMA) September 12, 2020