२६ असार २०८३, शुक्रबार

२८ जना कोरोना संक्रमित भेन्टिलेटरमा, आईसीयूमा रहनेको संख्या १ सय ७४

२८ जना कोरोना संक्रमित भेन्टिलेटरमा, आईसीयूमा रहनेको संख्या १ सय ७४
सांकेतिक तस्वीर

कोरोनाभाइरस संक्रमण भएका २८ जना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलवार पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार बाग्मती प्रदेशमा मात्र २५ जना कोरोना संक्रमित भेन्टिलेटरमा छन् ।

यसका अलावा प्रदेश १, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशमा १-१ जना भेन्टिलेटरमा रहेको डा. गौतमले जानकारी दिए ।

आईसीयूमा रहेका संक्रमितको संख्या भने १७४ छ ।

कोरोना संक्रमितको कुल संख्या भने ५६ हजार ७ सय ८८ पुगेको छ ।

२४ घण्टामा थप १ हजार ४ सय ५९ जनामा संक्रमण पुष्टि भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

संक्रमितमध्ये ४० हजार ६ सय ३८ जना निको भएर घर फर्किएको प्रवक्ता डा. गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा १ हजार ६२ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।

मृतकको संख्या भने ३ सय ७१ पुगेको छ । पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्