लेदो झरेर नारायणगढ–मुग्लिन सडक अवरुद्ध

फाइल फोटो

पहाडबाट लेदो आएर नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।

निरन्तर वर्षाका कारण यस सडकखण्डको चितवनको इच्छाकामना गाउँपालिका–६ चारकिलो भन्ने स्थानमा पहाडबाट लेदो झर्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।


Advertisement

पहाडबाट लेदो झर्ने क्रम नरोकिँदा बुधवार बिहान ६ बजेखि सो सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक कञ्चन तामाङले जानकारी दिए । सडकमा झरेको लेदो हटाउनका लागि डोजर पुगेको भए पनि पानी परिरहेका कारण हटाउन समस्या भएको तामाङको भनाइ छ । पानी पर्न रोकिएपछि लेदो हटाएर आवागमन सहज बनाइने तामाङले बताए ।

‘खासै धेरै लेदो झरेको छैन तर झर्ने क्रम रोकिएको पनि छैन,’ तामाङले भने, ‘हटाउन शुरू गरेको २ घण्टामा लेदो हटाएर सकिन्छ ।’


Advertisement

निरन्तर पानी परिरहेकाले सो सडकखण्ड पटक–पटक अवरुद्ध भइरहेको छ । 

कमेन्ट गर्नुहोस्