१० साउन २०८३, आइतबार

यू–१६ राष्ट्रिय पुरुष फूटबल टोलीका कप्तान लिम्बूलाई छात्रवृत्ति

भदौ ३१, २०७७
यू–१६ राष्ट्रिय पुरुष फूटबल टोलीका कप्तान लिम्बूलाई छात्रवृत्ति
प्रतिकात्मक तस्वीर

नेपाली यू–१६ राष्ट्रिय पुरुष फूटबल टोलीका कप्तान जान लिम्बूलाई मनास्लु वल्र्ड कलेजले १० जोड २ अध्ययनका लागि छात्रवृत्ति प्रदान गरेको छ ।

काठमाडौंको चुच्चेपाटीमा रहेको मनास्लु कलेजले व्यवस्थापन संकायमा अध्ययनका लागि लिम्बूलाई पूर्ण छात्रवृत्ति प्रदान गरेको हो ।

मनास्लु कलेजका अध्यक्ष गेन्द्र लामा, व्यवस्थापक कुमार मोक्तान, कलेजका प्रिन्सिपल राजन श्रेष्ठ र कप्तान लिम्बूबीच सोसम्बन्धी सम्झौता पत्रमा मंगलवार हस्ताक्षर भएको हो । यसै शैक्षिक सत्रदेखि शुरू भएको मनास्लु कलेजमा हाल व्यवस्थापनका साथै विज्ञान, मानविकी र कानून संकायको पठनपाठन हुने प्रिन्सिपल श्रेष्ठले बताए ।

कलेजका अध्यक्ष लामाले सामाजिक उत्तरदायित्व बहन गर्नुका साथै अभिभावकलाई खेलमा लागेर पनि आफ्ना सन्तानले विभिन्न क्षेत्रमा अवसर प्राप्त गर्न सक्छन् भन्ने सन्देश दिनका लागि छात्रवृत्ति प्रदान गरिएको बताए । भविष्यमा अन्य खेलाडीलाई पनि छात्रवृति उपलब्ध गराउने उनले बताए ।

यू–१६ फुटबल टोलीका सबै खेलाडीलाई पूर्ण छात्रवृत्ति दिन तयार रहेको कलेजले जनाएको छ । कप्तान लिम्बूले २०७६ सालको एसईई सातदोबाटोस्थित लोक स्मृति विद्यालयबाट उत्तीर्ण गरेका थिए । लिम्बू झापाको शरणामतीका स्थायी वासिन्दा हुन् ।

उनले विभिन्न उमेर समूहबाट अन्तर्राष्ट्रिय फूटबल प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरिसकेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्