०६ साउन २०८३, बुधबार

कोरोना संक्रमणले निमोनिया भएपछि कांग्रेस महामन्त्री कोइराला आईसीयूमा

कोरोना संक्रमणले निमोनिया भएपछि कांग्रेस महामन्त्री कोइराला आईसीयूमा
फाइल फोटो

कोरोना संक्रमण भएपछि घरमै आइसोलेसनमा रहेका नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई मंगलवार रातिदेखि अस्पताल भर्ना गरिएको छ ।्

कोइरालालाई काठमाडौंको चाबहिलस्थित ओम अस्पतालको आईसीयूमा राखिएको छ । 

अस्पतालका मेडिकल निर्देशक डा. विश्वनाथ कोइरालाका अनुसार शशांकलाई अक्सिजन भने दिनुपरेको छैन ।

‘महामन्त्री कोइरालालाई निमोनिया भएपछि आईसीयूमा राखेका छौं, तर अक्सिजन दिनुपरेको छैन’ निर्देशक कोइरालाले लोकान्तरसँग भने । 

घरमै आइसोलेसनमा बसेका कोइरालालाई अप्ठ्यारो महसूस भएपछि मंगलवार राति अस्पताल भर्ना गरिएको थियो ।

कोरोना संक्रमण पुष्टि भएपछि पनि उनले भदौ २४ गते बुधवार बीपी जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई भर्चुअल सम्बोधन गरेका थिए ।  

कोइरालालाई कोरोना देखिएपछि महाधिवेशन कार्यतालिका हेरफेर गर्न बस्ने भनिएको कांग्रेस केन्द्रीय समितिको बैठक बस्न सकेको छैन ।

शशांकले आगामी चौधौं महाधिवेशनमा कांग्रेसको नेतृत्वका लागि सभापतिमा उम्मेदवारी दिने बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्