
यातायात व्यवसायी र यातायात मजदूरहरूले लामो दूरीको सवारी साधन सञ्चालनका लागि यात्रा अवधिभर मास्क लगाउनु पर्ने लगायतका नियम बनाएका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संघ तथा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले बुधवार संयुक्त विज्ञप्ति प्रकाशित गरी यात्राका क्रममा यात्रु र चालकले पालना गर्नुपर्ने नियम बनाएका हुन् ।
जसअनुसार चालक, सहचालकले मास्क, पञ्जा र भाइजर लगाउनु पर्ने, यात्रुले यात्रा अवधिभर मास्क लगाउनु पर्ने उल्लेख छ ।
उनीहरूले बनाएको नियममा बसमा ५० प्रतिशत सीटमा मात्र यात्रु राख्ने र साबिक भाडामा ५० प्रतिशत थप भाडा लिने उल्लेख छ ।
यातायात श्रमिकको कोरोना बीमा गर्नुपर्ने लगायत ५ बुँदे सहमति यातायात व्यवसायी र मजदूर संगठनका प्रतिनिधिले गरेका छन् ।
उनीहरूले बुधवार बिहान नै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकारीहरूसँग छलफल गरेका थिए ।
सरकारले स्वास्थ्य मापदण्ड पूरा गरी भोलि असोज १ गतेदेखि लामो दूरीका सवारी साधन सञ्चालन गर्ने निर्णय गरेको थियो ।
हेर्नुहोस्, नियमहरू:
