
विवेकशील नेपाली दलले काठमाडाैं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सोल्टी होटेलमा 'आइसोलेसन' बस्दा भएको खर्च विवरण माग गरेको छ।
गत स्थानीय निर्वाचनमा काठमाडाैं महानगर प्रमुखकी प्रत्यासी एवं विवेकशीलकी नेतृ रञ्जु दर्शनाले सूचनाको हक बमोजिम निवेदन दर्ता गरेकी हुन्।
दर्शनासँगै दलका संघीय समिति सदस्यहरु रजिया बानु र प्रमेश श्रेष्ठले शाक्यको आइसोलेसनको खर्चमा महानगरले बेहोरेको विवरण तथा महानगरले कोभिड-१९ रोकथामको लागि गरेको खर्च विवरणको सूचना मागिएको जनाइएकाे छ।