
पार्टी महाधिवेशनको तयारी लगायत समसामयिक विषयमा छलफल गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय शुरू भएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा केहीबेर अघि बैठक शुरू भएको हो ।
बैठकमा मन्त्रिपरिषद् पुनर्गठन र मन्त्रिपरिषद्लाई पूर्णता दिने तथा महाधिवेशन तयारीको विषयमा छलफल हुने एक सचिवालय सदस्यले जानकारी दिए ।
२०७५ जेठ ३ गते पार्टी एकता पछि नेकपा सचिवालय बैठक पहिलो पटक पेरिसडाँडामा बस्न लागेको हो ।
भदौ २६ गते स्थायी कमिटी बैठक सम्पन्न भएपछि पहिलो पटक सचिवालय बैठक बस्न लागेको हो ।
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल लगायत सचिवालयका सबै सदस्यहरु बैठकमा उपस्थित छन् ।