२८ जेठ २०८३, बिहीबार

सिरियामा रुससँग झडप भएपछि अमेरिकी सेनाले बढायो सैनिक संख्या

असोज ४, २०७७
सिरियामा रुससँग झडप भएपछि अमेरिकी सेनाले बढायो सैनिक संख्या

रुसी सेनासँग झडप भएपछि अमेरिकाले सिरियामा सैन्य उपस्थिति बढाएको छ । 

६ वटा ब्राड्ली लडाकू वाहन र १०० जना सैनिक सिरियाको उत्तरपूर्वी सीमामा तैनाथी गरिएको अमेरिकाले जनाएको छ । 

अमेरिका र रुसका सैन्य गश्तीहरूबीच यसै वर्ष मात्र अनेकौं झडप भएका छन् । 

अमेरिकी जलसेनाका क्याप्टेन बिल अर्बनका अनुसार, सैनिक संख्या बढाउने निर्णयले गठबन्धन फौजको सुरक्षा सुनिश्चित गर्नेछ । 

लडाकू वाहनबाहेक अमेरिकाले सेन्टिनेल राडार पनि राखेको र अमेरिकी लडाकू विमानको गश्ती पनि बढाएको उनले बताए । 
 

अर्बनले शुक्रवार भने, ‘अमेरिका सिरियामा कुनै पनि सेनासँग झडप गर्न चाहँदैन । तर आवश्यक परेमा उसले गठबन्धन सेनालाई प्रतिरक्षा गर्नेछ ।’
 

अर्बनले बयानमा रुसी सेनाको नाम लिएनन् । 

अमेरिकाले यी वाहन तथा सेना रुसलाई एक सुरक्षा क्षेत्रभित्र पस्नबाट रोक्नका लागि पठाएको थियो । 

यी दुई देशबीच विगत केही वर्षयता विवाद चलिरहेको छ । तर केही हप्तायता चाहिँ उत्तरपूर्वी सिरियामा दुई देशको तनाव बढिरहेको छ । 

अगस्ट महिनाको अन्त्यमा रुसको एक वाहनसँग ठोकिएर सातजना अमेरिकी सैनिकहरू घाइते भएका थिए । रुस र अमेरिकाका सरकारहरूले घटनाका लागि एक अर्कालाई जिम्मेवार ठहर्‍याए । 

अमेरिकाका अनुसार, रुसी सैनिकहरू एक सुरक्षा क्षेत्रमा प्रवेश गरेका थिए जबकि उनीहरूले त्यहाँ नजानका लागि पहिले नै सहमति गरेका थिए । तर उक्त क्षेत्रमा गश्ती गर्नका लागि आफूहरूले अमेरिकालाई पहिले नै जानकारी दिइसकेको रुसको भनाइ छ । 

उक्त क्षेत्रमा अमेरिकाका ५०० सैनिक छन् । पहिलाको भन्दा यो संख्या निकै कम हो । आतंकवादी संगठन आईएसबाट हुने खतरालाई निस्तेज पार्न यो तैनाथी गरिएको हो ।

रुसले सिरिया सरकारलाई साथ दिएको छ भने अमेरिकाले कुर्दिश लडाकूहरूलाई साथ दिइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्