
हिमचितुवा भनेर चिनिने आङ्गरिता शेर्पाको ७२ वर्षको उमेरमा निधन भएको छ ।
सोमवार बिहान १० बजे निजी निवास जोरपाटीमा उनको निधन भएको नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामाले लोकान्तरलाई जानकारी दिए ।
पछिल्लो समय उनी आफ्नै निवासमा छोरीसँगै बस्दै आइरहेकी थिइन् ।
लोकान्तरसँग कुरा गर्दै अध्यक्ष लामाले आफूहरूले एक अभिभावक गुमाएको बताए ।
अक्सिजन विना नै १० पटकसम्म सगरमाथा चढेर कीर्तिमान बनाएपछि उनलाई हिमचितुवा उपनामले चिनिन थालेको हो ।
८ हजार ८ सय ४८ मिटरको उचाइमा विना अक्सिजन चढ्नु निकै चुनौतीपूर्ण काम हो ।