
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाका कारण पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या १६ रहेको जनाएको छ ।
सोमवार मन्त्रालयले जारी गरेको सूचनामा कोरोनाका कारण मृत्यु हुनेको संख्या पछिल्लो २४ घण्टामा १६ रहेको र हालसम्म ४ सय २७ ले ज्यान गुमाइसकेको उल्लेख गरिएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा साढे ९ हजार पीसीआर परीक्षण गरिएको र तीमध्ये ११ सय ५४ मा संक्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएर डिस्चार्ज हुनेको संख्या १ हजार ५ रहेको छ । आजसम्म संक्रमणमुक्त भएर निको हुनेको संख्या ४७ हजार २ सय ३८ रहेको छ ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या १७ हजार ६ सय ११ पुगेको छ ।