काठमाडौं, २४ चैत्र– काठमाडौंमा एमालेका तर्फबाट मेयरका उम्मेदवार विद्यासुन्दर शाक्यलाई जिताउन केशव स्थापितले चुनावी प्रचारमा अग्रणी भूमिका निभाउदै आएका छन् ।

मेयरमा केशव स्थापितको नाम चर्चामा आएपछि मनोनयन गर्ने अन्तिम दिनमा विद्यासुन्दर शाक्यले मेयरमा दर्ता गरेका थिए ।

काठमाडौंमा एमालेको घरदैलो कार्यक्रममा शाक्यसँगै स्थापित पनि सँगसँगै घरदैलो कार्यक्रममा सहभागी हुन्छन् र शाक्यलाई जिताउन चुनावी प्रचारमा स्थापित जोडतोडले लागिपरेका छन् ।
