२४ असार २०८३, बुधबार

११ हजार पीसीआर परीक्षणमा १३ सय ५६ मा कोरोना संक्रमण

११ हजार पीसीआर परीक्षणमा १३ सय ५६ मा कोरोना संक्रमण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १३ सय ५६ रहेको जनाएको छ ।

मंगलवार नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ११ हजार १ सय ५४ को पीसीआर परीक्षण गरिएको छ भने तीमध्ये १३ सय ५६ मा संक्रमण देखिएको हो ।

उनले यो सँगै नेपालमा सक्रिय संक्रमितको संख्या १८ हजार १ सय ४२ रहेको बताए ।

संक्रमण मुक्त भएर पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या ८ सय २३ रहेको छ भने हालसम्म ४८ हजार ६१ जना हालसम्म डिस्चार्ज भएका छन् ।

डा. गौतमले भेन्टिलेटरमा उपचार गराइरहेका संक्रमितको संख्या ३७ रहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्