×

NMB BANK
NIC ASIA

टोलटोलमा पढाउँदै शिक्षक

असोज ६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण गत चैत महिनादेखि शिक्षण संस्था बन्द हुँदा पठनपाठन ठप्प छ ।

Muktinath Bank

विद्यालय बन्द भएपछि नियमित पठनपाठन र परीक्षा प्रभावित भएका छन् । शिक्षण कार्यलाई नियमित बनाउन शहरी क्षेत्रका केही विद्यालयले अनलाइन कक्षा शुरू गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर सिन्धुपाल्चोकका रोशी गाउँपालिकाले बालबालिकालाई टोल टोलमा पुगेर पढाउनका लागि शिक्षक खटाइएको छ । 


Advertisment
Nabil box
Kumari

रोशी गाउँपालिका–२ चण्डीस्थित ग्रामोन्नती प्राथमिक विद्यालयका शिक्षकहरु टोल टोलमा पुगेर पढाउने गरेका छन् । यहाँको टोल टोलमा पुगेर विद्यार्थीलाई जम्मा गरी पढाउन थालेको सो विद्यालयका प्रधानाध्यापक रामबहादुर लामाले बताए ।

Vianet communication
Laxmi Bank

‘हप्ताको ३ दिन सामाजिक दूरी कायम गरेर टोल टोलमा कक्षा सञ्चालन गर्दै आएका छौं,’ उनले भने, ‘वैकल्पिक माध्यमबाट पठनपाठन सञ्चालन गर्ने निर्देशनानुसार अभिभावकहरूको सहयोगमा टोलटोलमा पुगेर पढाउन थालेका हौं, यसले विद्यार्थीको पढाइमा सहयोग पुगेको छ ।’

यसरी टोलटोलमा नै विद्यार्थीहरू जम्मा गराएर पठनपाठन गराउँदा अभिभावक र विद्यार्थी दुबै खुशी छन् । लामो समयपछि पढ्न पाउँदा विद्यार्थीहरू उत्साहित भएको बताइएको छ । गाउँपालिका शिक्षा तथा खेलकूद शाखाबाट प्राप्त छात्रवृत्ति पनि टोल टोलमा नै वितरण गरिएको प्रअ लामाले बताए । ‘अहिले दैनिक रूपमा विद्यालय सञ्चालन हुन्छ । निर्माण गरिएको समय तालिका अनुसार टोल टोलमा गएर पढाउने कामलाई निरन्तरता दिँदै आएका छौं,’ उनले भने ।

रोशी गाउँपालिका–५ सिसाखानीका विद्या विकास प्राथमिक विद्यालयले पनि विद्यार्थीको सिकाइलाई निरन्तरता दिनका लागि टोलटोलमा गएर सिकाइ सहजीकरणको कामलाई अगाडि बढाएको छ । विद्यालयका प्रधानाध्यापक शेरबहादुर लामाले शिक्षा तथा खेलकूद शाखाको निर्देशनानुसार निरन्तर रुपमा विद्यालय सञ्चालन र सिकाई प्रक्रियालाई निरन्तरता दिने कार्य भइरहेको बताए ।

यसअघि नै गाउँपालिकाले निरन्तरता दिँदै आएको रेडियो शिक्षा कार्यक्रमलाई अहिले पनि जारी राखिएको छ । जेठ २२ गतेबाट वैकल्पिक सिकाई सहजीकरणलाई निरन्तरता दिदै आएको शिक्षा तथा खेलकूद शाखाका प्रमुख रामबहादुर तामाङले बताए । वैकल्पिक सिकाइ कार्यविधि–२०७७ अनुसार रेडियो, अनलाइन र अन्य पहुँचमा समेत नभएका विद्यार्थीको हकमा कसरी सिकाई प्रक्रियालाई निरन्तरता दिन सकिन्छ भन्ने विषयमा सबै विद्यालयले कार्ययोजना बनाइरहेको उनको भनाइ छ । 

गाउँपालिकाअन्तर्गत ६९ सामुदायिक र ३ संस्थागत गरी कूल ७२ वटा विद्यालयमा आवश्यक स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिहेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज २७, २०८०

काठमाडौं महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालय स्थापनाको ७५औं वर्ष पूरा भएको छ । देशका विभिन्न सामुदायिक विद्यालयमध्ये अग्रणी शैक्षिक संस्थाका रुपमा चिनिएको शिवपुरीले शनिवार स्थापना दिवसका साथै हिरक (७५ ...

फागुन ४, २०८०

‘म त रित्ता हातमा हतियार बनाइदिन्छु  तिमी होली भन म दिवाली बनाइदिन्छु  शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...

चैत ६, २०८०

सरकारले शिक्षकको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तर...

मंसिर २९, २०८०

खोटाङको एक विद्यालयमा जम्मा ११ जना विद्यार्थी रहेको पाइएको छ । दुई जना शिक्षक उक्त विद्यालयमा छन् । अझ उजागर गर्नुपर्ने विषय त यो छ– दुईवटा कक्षामा एक–एक जना मात्रै विद्यार्थी छन् ।  दिक्तेल रु...

माघ २५, २०८०

सप्तरी/राष्ट्र निर्माता पृथ्वी नारायण शाहका नाममा रूपनगर नन्दराज संग्रौला क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गरिएको छ । सप्तरीको रूपनगरस्थित नाफा नकमाउने, समुदायद्वारा सञ्चालित यस क्याम्पसमा आयोजित एक समारोहमा मध...

कात्तिक १९, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा शिवलाल भुसाललाई नियुक्त गरेका छन् ।  त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको चार वर्षे ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x