×

NMB BANK
NIC ASIA

विद्यार्थीका नजरमा कविताः भावना पोख्ने सकारात्मक माध्यम

पाेखरा | फागुन ४, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

‘म त रित्ता हातमा हतियार बनाइदिन्छु 

Sagarmatha Cement
Muktinath Bank

तिमी होली भन म दिवाली बनाइदिन्छु 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शब्दका पोखरी यसरी खनाइदिन्छु


Advertisment
Nabil box
Kumari

मेरै कुरामा हो हो बनाइदिन्छु’

Vianet communication
Laxmi Bank

कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्डी भनेपछि रचना भएको शब्द हो यो । कानूनकी विद्यार्थी अञ्जना सुवेदीलाई शिक्षकले घमण्डी भनेर गाली गरेपछि उनको मनमा लाग्यो । त्यसपछि उनले यो शब्दको रचना गरेकी हुन् । लयात्मक रुपमा भावना पोख्ने सजिलो माध्यम हो कविता । भाव मिलाएर कविताले प्रहार गर्छ । कुण्ठा पोख्ने सरल र आक्रोशपूर्ण बाटो कविता नै हो । विम्बको प्रयोग गरेर कविताले प्रहार गर्छ । यो कलात्मक लयले चोटिलो प्रहार गर्छ । अञ्जना पनि कुण्ठा पोख्ने सकारात्मक माध्यम कविता रहेको सुनाउँछिन् । 

सूर्य नेपाल गाथा, नेपाल साहित्य महोत्सवको दोस्रो दिनको सेसन ‘विद्यार्थीका कविता कुरा’ सत्रमा बोल्दै उनले सो विचार राखेकी हुन् । सत्रमा साहित्यमा लागेका ७ विद्यार्थीसँग विमर्श गरिएको थियो । कानून अध्यनरत अञ्जनालाई सत्र सहजकर्ता अव्यग्र अस्मितको प्रश्न थियो– कानून र साहित्य फरक विषय लाग्छ यसलाई कसरी सँगसँगै लैजानुभएको छ ? 

कानून र साहित्य भिन्न नभएको उनको विचार थियो । दुवै हाम्रो जीवनमा अपरिहार्य विषयवस्तु रहेको सुनाउँछिन् उनी । 

‘मैले कानून र साहित्यलाई फरक भन्नै सक्दिनँ । साहित्य हुँदैन्थ्यो भने कानूनकै एउटै शब्द छ, गाली-बेइजती । सायद गाली-बेइज्जतले धेरै व्यक्ति जेलमा हुन्थे होला,’ उनले भनिन्, ‘साहित्यकै मार्फत विभिन्न विम्ब प्रतीकको प्रयोग गरेर आफ्नो रिस क्रोधलाई पनि सकारात्मक रुपमा प्रस्तुत गर्न सकिन्छ भन्ने लाग्छ ।’ 

अञ्जनाजस्तै सहारा खतिवडा पनि साहित्य हरेक विधामा समावेश हुने सुनाउँछिन् । साहित्यमा रुचि राख्ने सहाराको साहित्यिक यात्रा उस्तै रोचक छ । खेलकुदमा क्रियाशील उनी सानैदेखि हरेक प्रतियोगितामा प्रथम आउँथिन् । विद्यालयका सबै प्रतियोगितामा प्रथम हुने सहारा ६ कक्षमा हुँदा प्रथम उपराष्ट्रपति कपमा तेस्रो आइन् । यसको चोट उनको मनमा यति गहिरो बन्यो । कापीमा शब्द पोखिए । मनका भावना पोख्दा कविता बने । 

‘एकैपटक तेस्रो भएँ । यस्तरी धक्का लाग्यो मेरो मनमा त्यहाँबाट कलम चल्यो वेदना पोख्दा पोख्दै कविता बन्यो । त्यसरी शुरू भयो साहित्य,’ उनले सुनाइन् । 

सानै उमेरदेखि कविता लेख्न थालेकी उनलाई थाहा थिएन आफूले लेखेको कविता हो भनेर । सामान्य ‘नोट प्याड’ लाग्थ्यो उनलाई । कक्षा ११ मा आएपछि विद्यालयमा कविता प्रतियोगिता भयो । प्रतियोगितामा सहभागी भइन् । त्यसपछि आफ्नो साहित्यिक यात्रा शुरू गरेकी सहारा कविता होइन भावना लेख्ने बताउँछिन् । 

‘मेरो विचारमा कलम चल्नका लागि कि त एकदम खुशी हुनुपर्ने, कि भने एकदमै दुःखी । तब मात्र कुनै कुराको रचना गर्न सहज हुने रहेछ । म यो शीर्षकमा लेख्छु भनेर लेख्दिनँ म भावना पोख्छु,’ उनले भनिन् । 

कविताको रचना लय सबैको फरक हुन्छ । कोही गद्यमा रचना गर्छन् कोही छन्दमा । आशिष पौडेल पद्य कविता लेख्न रुचाउँछन् । आफ्नो रुचिअनुसार कविता लेख्न सकिने भनाइ राख्छन् उनी । 

‘कसैलाई छन्द ज्ञान भएपनि गद्यमा लेख्न मनपर्छ आफूलाई जस्तो लेख्न मनपर्छ, रुची जेमा छ त्यसमा लेख्दा हुन्छ । म चाहिँ पद्यमा लेख्न रुचाउँछु,’ उनले भने । 

कविताले शब्दमार्फत समाज पनि देखाउँछन् । व्यक्तिको चिन्तन विकास गर्ने अनुपम रिजाल बताउँछन् । सहजकर्ताको प्रश्न ‘कविताको महत्व कति छ पठनपाठन ?,’प्रश्नमा उत्तर दिँदै भने । अनुपम कविताले मानिसको चिन्तन विकासमा भूमिका खेल्न सुनाए । पाठ्यपुस्तकमा भएका कविताले समाजको चिन्तन विकास सिकाउने उनको भनाइ छ । 

‘पाठ्यपुस्तकमा कविता राखिन्छ, त्यसको भूमिका धेरै छ । कक्षा १० बाट कक्षा ११ जाँदा अंग्रेजी पुस्तकमा भएको कविता देखेर म झसंग भएको थिएँ ‘यो लेभलको कविता’ भनेर । १० सम्म पढेको कविता सामान्य लागेको मलाई ११ मा गएर लेभल भिन्न र माथि लाग्यो । त्यो किसिमका शब्द चयन र चिन्तनले भूमिका खेल्छ । समाजको चिन्तन हुन्छ,’ उनले प्रश्नको उत्तर दिँदै भने । 

चाहे पाठ्यपुस्तकमार्फत होस् वा विभिन्न कविता प्रतियोगिता । त्यसले विद्यार्थीलाई साहित्यमा तानिरहेको छ । यीमध्येकी एक हुन् बिना घिमिरे । विद्यालय स्तरको कविता प्रतियोगिताले उनलाई साहित्यमा रुचि दिलायो । 

‘एन प्याबसनको बाल वृहत कविता प्रतियोगितामा भाग लिएकी थिएँ । मैले पनि त्यहाँ वााचन गर्ने मौका पाएँ । वाचन गरेर प्रथम स्थानमा आइपुग्दा खुशी लाग्यो । सोचेकाे पनि थिइनँ । साहित्यमा नजिकिएकी व्यक्ति पनि थिइनँ । दंग परेँ । यसपछि मलाई कविताप्रति रुचि बढ्यो । हजुरबुबा पनि कवि नै हुनुहुन्छ,’ उनले सुनाइन् । 

साहित्यले जीवनमा पनि परिवर्तन ल्याउने विद्यार्थीले सुनाएका थिए । जीवनको बुझाइ साहित्यले सजिलो ढंगले सिकाउने उनीहरूको भनाइ थियो । अलिमियाँ कक्षमा भएको विद्यार्थीको कविता सत्रमा बिना घिमिरे, लिना गुरुङ, अनुपम रिजाल, अञ्जना सुवेदी, आशिष पौडेल, करुणा विश्वकर्मा र साहारा खतिवडा वक्ताको रुपमा थिए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत ६, २०८०

सरकारले शिक्षकको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तर...

पुस ११, २०८०

त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय अगाडि प्रदर्शन गरिएको छ । स्ववियु त्रिवि केन्द्रीयले त्रिभुवन विश्वविद्यालयको समग्र सिस्टममा सुधार र परीक्षा नियन्त्रण कार्यालयको ढिला सुस्ती अन्त्यको माग राख्दै बुधवार...

माघ २४, २०८०

‘डा.ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ गर्ने भएको छ । प्रणय दिवस तथा सरस्वती पूजाको अवसरमा फाउन्डेसनका संस्थापक वर...

कात्तिक १९, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा शिवलाल भुसाललाई नियुक्त गरेका छन् ।  त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको चार वर्षे ...

मंसिर २९, २०८०

खोटाङको एक विद्यालयमा जम्मा ११ जना विद्यार्थी रहेको पाइएको छ । दुई जना शिक्षक उक्त विद्यालयमा छन् । अझ उजागर गर्नुपर्ने विषय त यो छ– दुईवटा कक्षामा एक–एक जना मात्रै विद्यार्थी छन् ।  दिक्तेल रु...

चैत २१, २०८०

काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको ह...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x