माघ २५, २०८०
सप्तरी/राष्ट्र निर्माता पृथ्वी नारायण शाहका नाममा रूपनगर नन्दराज संग्रौला क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गरिएको छ । सप्तरीको रूपनगरस्थित नाफा नकमाउने, समुदायद्वारा सञ्चालित यस क्याम्पसमा आयोजित एक समारोहमा मध...
काठमाडाैं | माघ २४, २०८०
‘डा.ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ गर्ने भएको छ ।
प्रणय दिवस तथा सरस्वती पूजाको अवसरमा फाउन्डेसनका संस्थापक वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति ‘अनिल’ले ‘धुम्रपान गर्ने स्वार्थी हुँदैनन्’ अभियान सञ्चालन गर्दै आएका छन् ।
विद्यालयस्तरमा स्वास्थ्य सचेतनामूलक अभियान सञ्चालन गर्नका निम्ति फाउन्डेसनले ‘स्कूल हेल्थ प्रोग्राम’ अगाडि बढाएको छ ।
फाउन्डेसनले धुम्रपान र सुर्ती सेवनसम्बन्धी ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ आयोजना गर्न लागेको हो ।
कविता प्रतियोगिता
धुम्रपान र सुर्ती सेवनलाई निरुत्साहित गर्दै यसबाट स्वास्थ्यमा पर्ने असरसम्बन्धी सन्देश मूलक कविता नेपाली भाषामा रचना गरिएको हुनुपर्ने छ । गद्य वा पद्य छन्दमा रचित कविता २५० शब्दभित्र समेटिएको हुनुपर्नेछ ।
१२ कक्षासम्मका विद्यार्थी सहभागी हुनसक्ने कविता प्रतियोगितामा पाँच जना छात्रा छात्रलाई उत्कृष्ट रचनाकारको रुपमा छनोट गरी जनही १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने फाउन्डेसनले जनाएको छ । कविता २०८० माघ २७ गतेभित्र फाउन्डेसनमा आइपुग्नुपर्ने छ ।
बाल चित्रकला प्रतियोगिता
धुम्रपान र सुर्ती सेवनबाट सेवन कर्ता, परिवार र साथीभाइको स्वास्थ्यमा समेत पर्ने असर झल्काउने चित्रकला हुनुपर्ने छ । बाल चित्रकला प्रतियोगितामा कक्षा ७ सम्मका विद्यार्थी सहभागी हुन सक्नेछन् । ए थ्री साइजको कागजमा हातैले कोरिएको चित्र हुनुपर्नेछ ।
चित्रलाई स्क्यान गरी वा फोटो खिचेर फाउन्डेसनको इमेलमा तथा कुरियर गरेर समेत कार्यालयको ठेगानामा २०८० माघ २७ गतेभित्र पठाउन सकिने छ ।
सहभागी मध्येबाट एक जना छात्रा र एक जना छात्रलाई उत्कृष्ट चित्रकारको रुपमा छनोट गरी जनही १० हजार नगद पुरस्कार प्रदान गरिने भएको छ ।
हाजिरी जवाफ प्रतियोगिता
धुम्रपान र सुर्ती सेवनको असर तथा स्वास्थ्य शिक्षासँग सम्बन्धित हाजिरी जवाफ प्रतियोगितामा कक्षा १२ सम्मका विद्यार्थीले तीन सदस्यीय समूह निर्माण गरी सहभागी हुन सक्नेछन् । जसमा एउटा विद्यालयबाट एक मात्रै समूह र समूहमा कम्तीमा एउटा छात्रा अनिवार्य गरिएको छ ।
सहभागीमध्येबाट तीन समूहलाई प्रथम, द्वितीय र तृतीयका रूपमा छनोट गरी पुरस्कृत गरिनेछ । प्रथम पुरस्कार ५० हजार, द्वितीय पुरस्कार ३० हजार र तृतीय पुरस्कार २० हजार रुपैयाँ नगद रहेको छ ।
सबै विजेतालाई प्रमाणपत्र र मेडल प्रदान गरिने भएको छ । हाजिरी जवाफ प्रतियोगिता दुई चरणमा सञ्चालन हुनेछ । पहिलो चरण आवेदक समूहहरूबीच ‘भर्चुअल’ जुममार्फत् र्यापिड फायर प्रणालीबाट सञ्चालन हुनेछ । प्रत्येक टोलीलाई एक मिनेट धुम्रपान सम्बन्धित छानेको/रोजेको विषयमा बोल्नुपर्ने हुन्छ ।
छनोट चरणमा उत्कृष्ट भएका प्रदेशगतका १४ समूहलाई दोस्रो चरणमा लगिनेछ । अर्थात् प्रतिप्रदेश २ वटा समूह छनोटमा पर्ने छन् । छनोट पार गरी अन्तिम १४ मा परेका समूहमध्येबाट प्रथम, द्वितीय र तृतीयका विजेताका रूपमा छनोट हुने छन् । हाजिरी जवाफ प्रतियोगिता फेसबूक लाइभ हुनेछ ।
हाजिरी जवाफ प्रतियोगितामा सहभागिताका लागि २०८० माघ २७ गतेभित्र डा. ओम फाउन्डेसनको फेसबूक पेजमा रहेको गुगल फर्म भरेर आवेदन दिनुपर्नेछ । अन्य विधाका प्रतियोगीले पनि माघ २७ गतेभित्र फाउन्डेसनको इमेलमा आफ्नो रचना पठाउनुपर्ने छ ।
सबै प्रतियोगीले आवेदनसँगै आफ्नो नाम, फोटो, कक्षा, विद्यालयको नाम, ठेगाना, सम्पर्क फोन (वैकल्पिक नम्बरसहित), इमेल र विद्यार्थी परिचयपत्र स्पष्ट आउने गरी समावेश गर्नुपर्नेछ ।
प्रतियोगिताका अन्तिम निर्णय फाउन्डेसनको टिमले गर्नेछ । प्रतियोगिताका सम्पूर्ण तयारी पूरा भएको फाउन्डेसनले जानकारी दिएको छ ।
सप्तरी/राष्ट्र निर्माता पृथ्वी नारायण शाहका नाममा रूपनगर नन्दराज संग्रौला क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गरिएको छ । सप्तरीको रूपनगरस्थित नाफा नकमाउने, समुदायद्वारा सञ्चालित यस क्याम्पसमा आयोजित एक समारोहमा मध...
काठमाडौं महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालय स्थापनाको ७५औं वर्ष पूरा भएको छ । देशका विभिन्न सामुदायिक विद्यालयमध्ये अग्रणी शैक्षिक संस्थाका रुपमा चिनिएको शिवपुरीले शनिवार स्थापना दिवसका साथै हिरक (७५ ...
पहाडी जिल्ला गुल्मीको दुर्गम क्षेत्रभित्र पर्छ गुल्मी दरबार गाउँपालिका । सोही गाउँपालिकाका दिदीभाइले गरेको मेहनतले अहिले सार्थकता पाएको छ । गुल्मी दरबार– ४ वीरबासका दिदीभाइ सोफिया चुदाली र सन्देश ...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा शिवलाल भुसाललाई नियुक्त गरेका छन् । त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको चार वर्षे ...
‘म त रित्ता हातमा हतियार बनाइदिन्छु तिमी होली भन म दिवाली बनाइदिन्छु शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...
त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय अगाडि प्रदर्शन गरिएको छ । स्ववियु त्रिवि केन्द्रीयले त्रिभुवन विश्वविद्यालयको समग्र सिस्टममा सुधार र परीक्षा नियन्त्रण कार्यालयको ढिला सुस्ती अन्त्यको माग राख्दै बुधवार...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...