०३ असार २०८३, बुधबार

बालबालिकालाई चकलेट दिएर सुनकाे मुन्द्रा लुट्ने महिला पक्राउ

बालबालिकालाई चकलेट दिएर सुनकाे मुन्द्रा लुट्ने महिला पक्राउ

 उपत्यकामा बालबालिकाको कानको मुन्द्रा लुटपाट गर्ने एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । 

हिजो (मंगलबार) म्याग्दी घर भई काठमाडौंको बालाजुमा बस्ने ३२ बर्षीया संगिता क्षेत्रीलाई महानगरीय प्रहरी वृत बौद्धले गोकर्णेश्वर नगरपालिका–८ माकलवारीबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । 

उपत्यकाको तारकेश्वर, मनमैजु, कपन, कपुर धारा, गल्कोपाखा, नागार्जुन, स्युचटार, कोटेश्वर लगायत २२ ठाउँमा बालबालिकालाई तिम्रो आमाको साथी हुँ भनेर चकलेट आइसक्रिम दिएर ललाई फकाई कानको सुन तथा मुन्द्रा लुट्ने गरको प्रहरीले जनाएको छ । 

उनीसँगै संगिताले लुटेको सुन सस्तो खरिद गरेर विक्री गर्ने काभ्रे रोसी नगरपालिका–१२का मुरली वि.क.लाई पनि पक्राउ परेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्