
काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ६ सय ४५ मा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार एक सूचना जारी गर्दै काठमाडौँ उपत्यकामा ६ सय ४५ जनामा कोरोना संक्रमण देखिएको जनाएको हो ।
काठमाडौँ जिल्लामा ५ सय ३, भक्तपुरमा ५१ र ललितपुरमा ९१ जना नयाँ संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा १२ हजार २६२ को पीसीआर परीक्षण गरिएको थियो । त्योमध्ये १३ सय १३ मा नयाँ संक्रमण फेला परेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ रहेको छ । कोरोनाका कारण नेपालमा हालसम्म ४ सय ५९ जनाले ज्यान गुमाइसकेका छन् ।