३० असार २०८३, मंगलबार

भक्तपुरबाट लुटपाट गर्ने गिरोहका ५ जना प्रहरीको फन्दामा

भक्तपुरबाट लुटपाट गर्ने गिरोहका ५ जना प्रहरीको फन्दामा

भक्तपुरमा सस्तोमा अमेरिकन डलर दिने भन्दै ठगी गर्दै हिँडेको अभियोगमा प्रहरीले डलर, नेपाली रुपैयाँ र विभिन्न सामानसहित पाँच जनालाई पक्राउ गरेको छ ।

 व्यापारी, व्यवसायी तथा विदेशबाट फर्किएकालाई फोन गरेर आफुसँग प्रशस्त अमेरिकन डलर रहेको र सस्तोमा डलर साटिदिन्छु भन्दै डलर देखाएर नेपाली रुपैयाँ लुटपाट गर्ने पाँच जनालाई आज प्रहरीले मध्यपुरथिमि नगरपालिका–९ बोडेबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ घर भई हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ बस्ने ३६ वर्षीय खेलबहादुर तामाङ, ३३ वर्षीय रेलबहादुर तामाङ, बाह्रबिसे–६ घर भई हाल मध्यपुरठिमी–९ बोडे बस्ने ५६ वर्षीय श्यामबहादुर तामाङ, सोही ठाउँका २५ वर्षीय रामकृष्ण तामाङ र सोही ठाउँका ३२ वर्षीय कान्छी तामाङलाई प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक सुवास बुढाथोकीले जानकारी दिए ।   
सूर्यबिनायक नगरपालिका–२ बालकोटस्थित रोज भिलेज नजिकैबाट बिहीबार काठमाडौंको धापासी बस्ने एक व्यक्तिलाई अमेरिकन डलर देखाई रु पाँच लाख लुटेर उनीहरु फरार भएका थिए ।
    
उक्त गिरोहका फरार अन्य व्यक्तिको खोजी जारी राख्दै प्रहरीले थप अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्