२९ असार २०८३, सोमबार

‘कोरोनाले २० लाख जनाको मृत्यु हुन सक्छ’

असोज ११, २०७७
‘कोरोनाले २० लाख जनाको मृत्यु हुन सक्छ’

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरस (कोभिड–१९) कारण २० लाखभन्दा बढी मानिसको मृत्यु हुन सक्ने जनाएको छ ।

कोभिड–१९ विरुद्धको प्रभावकारी खोप प्रयोगमा आउने अवधिसम्म मृतकको संख्या २० लाख नाघ्न सक्ने संगठनले जनाएको हो । डब्लूएचओका आपत्कालीन मामिला प्रमुख डा. माइक रायनले अन्तर्राष्ट्रिय सहकार्य नभए मृतकको संख्या त्योभन्दा बढी हुन सक्ने दाबी गरे ।

माइक रायनका अनुसार अहिलेको गति कायम रहने अवस्थामा खोप तयार हुनुअघि नै थप १० लाख मानिसको मृत्यु हुने सम्भावना उच्च छ । भाइरसको उपचार पद्धतिमा सुधार आइरहेका कारण पछिल्लो समयमा भने मृत्युदर घटिरहेको उनको भनाइ छ ।

‘सुधार गरिएको उपचार पद्धति र प्रभावकारी खोप मात्रै पनि २० लाखको सीमा रोक्न पर्याप्त नहुन सक्छन्,’ रायनले भने । उनले सरकारहरूलाई कोभिड–१९ नियन्त्रण गर्न आवश्यक हरेक उपाय अपनाउन आग्रह गरेका छन् । ‘जबसम्म हामी सब उपायहरूको अवलम्बन गर्दैनौं, तपाईंहरूले भनिरहेको संख्या काल्पनिक मात्र हुने छैन । बरु दुर्भाग्यवश त्यो निकै सम्भावित छ,’ रायनले भने ।

सन् २०१९ को डिसेम्बरमा चीनको वुहानमा देखा परेको कोभिड–१९ बाट विश्वभर हालसम्म करिब ९ लाख ९० हजार जनाले ज्यान गुमाइसकेका छन् । कान्तिपुर दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्